२१ मंसिर २०८२, आइतबार | December 7, 2025

यूएईको बुर्ज खलिफामा आज साँझ नेपाली राष्ट्रिय झण्डा फहराउने



काठमाडौं । संविधान दिवसको अवसरमा स्वदेश सङ्गै बिदेशमा पनि नेपालीहरुले बिबिध कार्यक्रमहरु गर्ने गरेका छन् । अन्तराष्ट्रका बिभिन्न देशमा भएका राजदुतावासहरुले संबिधान दिवसका अवसर पारेर बिबिध कार्यक्रम गर्ने गर्दछन् । यस वर्ष पनि संबिधान दिवसका अवसरमा युएईस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराउने भएको छ ।

संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा फहराईने युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै आज (शनिबार) साँझ ८ बजे दुबईस्थित बुर्ज खलिफा र अबुधाबीस्थित एडनोक भवनमा नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम तय भएको जनाएको छ ।

दूतावासको अनुरोधमा अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा सो भवनमा पहिलोपटक नेपालको राष्ट्रिय झण्डा फहराईएको थियो । सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको बुर्ज खलिफा भवनको उचाई ८२९.८ मिटर छ । दुतावासका अनुसार ईलेक्ट्रिक प्रविधिद्धारा सो भवनमा नेपालको झण्डा अंकित डिजिटल लाईट बालिने छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ५ : ३३ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न