२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

विपी कोइराला क्यान्सर अस्पतालका कर्मचारी मृत फेला



चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृत अवस्थामा भेटिएका छन् ।

सिमारा घर भइ ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव आज बिहान ११ वजे अस्पताल नजिक हुँदै बगेको नहरमा भेटिएको थियो ।

शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले घटनाको छानविन गर्न माग गरे ।

यसैबीच करेन्ट लागेर यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका वडा नं ८ घर भइ भरतपुर महानगरपालिका ३ मा रहेको त्रिशक्ति कंक्रिट एण्ड ब्लक उद्योगमा कार्यरत २७ वर्षीय प्रेम राना रहेको प्रहरीले जनाएको छ ।

उद्योगमा रहेका तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्य थापाले जानकारी दिए । रासस

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : ०४ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने