१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

सबेरै उठ्नमा समस्या हुन्छ ? यस्तो गर्नुहोस



धेरै समयसम्म सुत्‍न र ८ घण्टाको निन्द्रा पूरा गर्न सबैलाई मन पर्छ । तर जब विहान चाँडै उठ्ने कुरा आउँछ, धेरैजसोलाई छिट्टै विस्तारा छाड्ने बानी रहेको हुँदैन ।

त्यस्ता मानिसहरुलाई विहान चाँडै उठ्नमा समस्या हुन्छ र उनीहरु अलार्मको आवाजबाट समेत बिउँझिन सक्दैनन् ।

यदि कोही विहान चाँडै उठ्न सक्दैन भने या त ऊ राम्रोसँग निदाउन पाइरहेको छैन वा उसलाई निन्द्रा पुगेको छैन चाहे कुनै काम गरेको होस् वा नहोस् ।

तर यदि हामी विहान सबेरै उठ्दैनौं भने कसरी हामी आफ्नो सबै कामहरू समयमै पूरा गर्न सक्दछौं त रु वा अन्य कामहरूको लागि कसरी समय निकाल्न सक्छौं ?

सुत्‍ने तालिका

१. सुत्‍नुभन्दा ६ घण्टाअगाडि क्याफिन भएको कुनै पनि पेय पदार्थ नखानुस् ।

२. सुत्‍नु भन्दा कम्तिमा २ घण्टा अघिसम्म तपाईको आँखामा निलो प्रकाश फाल्‍ने कुनै पनि मेशिन वा उपकरण प्रयोग नगर्नुहोस् । यो पनि निन्द्रा नलाग्‍नुको प्रमुख कारण हो ।

३. सुत्‍नुअघि आफूलाई केही आराम दिनुहोस् । पुस्तकहरू पढ्नुहोस् वा राम्रोसँग नुहाउनुहोस् । तपाईंको शरीरलाई थकान दिने वा तपाईंलाई अनिन्द्रामा पार्ने खालका कुनै पनि काम नगर्नुहोस् ।

४. दिउँसोमा सुत्‍ने बानी कम गर्नुहोस् ।

सुत्‍ने समयको निर्धारण गर्नुहोस्

तपाईलाई कति समयको निन्द्रा आवश्यक छ त्यसको बारेमा मनन गर्नुहोस् । धेरैजसो मानिसहरु ७ देखि ९ घण्टासम्म सुत्‍ने गर्दछन् । आउने दिनको कार्यव्यस्तताअनुसार सुत्‍ने समय निर्धारण गर्नुहोस् । यदि भोलि तपाईलाई ७ बजे उठ्नुपर्ने छ भने आज ११ बजेभित्र सुत्‍नुहोस् । तपाईको सुत्‍ने समय केवल साताको दिनको लागि मात्र होइन, सप्ताहन्तहरूमा पनि सेट गर्नुहोस् ।

खानपिनमा ध्यान दिनुहोस

स्वस्थ्यकर खानेकुराहरुको ग्रहण गर्नुहोस् । किनकि, हाम्रो खानाले हाम्रो उर्जा स्तरमा ठूलो प्रभाव पार्छ। यदि हामीले अस्वस्थ खाना खायौं भने यसले हामीमा आलस्य उत्पन्‍न गर्दछ। तपाईंको खानामा फलहरू, तरकारीहरू, ओमेगा ३ धेरै हुने पोषकहरू र अन्‍नहरू हुनुपर्छ ।

व्यायाम

हरेक दिन विहान व्यायाम गर्नाले तपाईको शरीरलाई स्वस्थ बनाउँदछ र वजन पनि कम हुन्छ, त्यसैगरी यसले हाम्रो निन्द्रा पनि सुधार गर्दछ। अनिद्रा, चिन्ता, र डिप्रेसन भएका मानिसहरूलाई पनि यसले राम्रो प्रभाव पार्छ । यदि तपाईं नाच्‍नुहुन्छ भने पनि स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ, किनकि नाच्‍नु पनि एकप्रकारको व्यायाममै पर्दछ । व्यायामले हाम्रो शरीरको उर्जाको स्तर बढाउँछ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : १५ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर