३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

महिनावारी बार्ने कि नबार्ने ?



महिनावारी किन बार्ने भन्ने कुरा सबैले थाहा पाउन आश्यक छ । आजको विज्ञानको समयमा पनि यसको वैज्ञानिक कारणले स्थान पाउन सकेको छैन ।

धर्म संस्कृतिको कुरा गर्दा भगवान इन्द्रबाट यसको प्रारुप सुरु भएको भागवत गीतामा पाउन सकिन्छ । इन्द्रले ब्राम्हाज्ञानीलाई मारे पछि त्यसको पाप र दुखको कारण उनी पुष्प भित्र लुकेर बसे र आफ्नो दुख र पाप कम गर्न उनले जल, माटो, रुख र स्त्रीलाई आफ्नो दुख र पाप बाँड्ने प्रस्ताव गरे । इन्द्रबाट बरदान पाउने लोभले सबैले इन्द्रको दुखको केही भार लिन स्वीकार गरी स्त्रीलाई पुरुषको भन्दा धेरै कामवास्नाको आनन्दको बरदान दिई रजको दुख बाँडी दिए ।

रबिन्द्र बोहोरा, लेखक

सोही बेलादेखि स्त्री रजस्वाला हुन सुरु गरेको बताइएको छ । सो समयमा स्त्रीलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउने अवगुण समेत प्रदान भयो र उक्त समयमा शारीरिक रुपमै कमजोर भएको कारण धार्मिक कार्य गर्न नहुने, गुरु र आफु भन्दा ठूलो मान्छेको आर्शिवाद दिन जरुरी नहुने, पतिसँग सम्बन्ध राख्न नहुने, भोजन बनाउने कार्यमा सरिक नहुने बताइयो । यो भन्नुको कारण शारीरिक रुपमा कमजोर हुने हुनाले आराम गर्नु पर्दछ भन्ने नियम बनाईको हुनु पर्दछ । साथै त्यो बेला आजको जस्तो महिलाहरुको लागि भित्र वस्त्रको प्रबन्ध पनि थिएन जस्को कारण एकान्तमा बस्ने नीति बनाईको हुन सक्छ ।

अर्को एउटा प्रशंगबात के प्रष्ट हुन्छ भने द्धापर युगको अन्त्यतिर युधिष्ठिरले जुवामा सबै हार व्यहोरे पछि उनले आफ्नै श्रीमती द्रौपतीलाई जुवाको दाउमा लगाउँछन् । द्रौपतीलाई ल्याउन दुर्र्योधनले दुशासनलाई पठाउँछन् । दुशासनले द्रौपतीलाई ल्याउँन जाँदा उनी महिनावरी भई एकसरो लुगामा एकान्त कोठामा बसी रहेकी हुन्छन् । त्यही बेलामा द्रोपतीले महिनावारी भएको बताउँदा पनि दुशासनले उनलाई घिस्रादै लगेको पाइन्छ । यसर्थ उक्त समयमा पुरुपले महिनावारी भएकी महिलालाई छुनु हुँदैन भन्ने परम्परा थिएन ।

धर्मले पुरुषले छुनु हुँदैन भनेको देखिदैन । तत्कालिन समयमा आजको जस्तै जताततै मठ मन्दिर पनि थिएनन् । पूजा पाठ गर्न टाढा जानु पर्ने कारणले मन्दिरमा ४ दिन सम्म पुजा पाठ गर्न गाह्रो हुने भएकोले पूजा गर्न जाँदा समस्या हुने र उक्त अवधिमा पुजा पाठ गर्न नजानु स्वास्थ्यको लागि थप चुनौती हुन्छ भनिएको पाइन्छ । तत्कालिन समयमा हिन्दू धर्म संस्कृतिले केवल गलत नगर मात्र भन्न खोजेको देखिएको छ ।

महिलामा गर्भाधान नभएका वा गर्भधान नभएको समयमा डिम्बहरू योनिबाट बाहिर निस्कन्छन् । यो बेला हर्मोनहरूको नियन्त्रणबाट टुक्रिएका टुक्राहरु यौनीमार्ग हुँदै रगत बनेर बाहिर निस्किन्छन् । महिनावारी भएको अवस्थामा करिब ९० प्रतिशत महिलामा पीडा हुने गरेको तथ्य बाहिरीएको छ ।

महिलामा गर्भाधान नभएका वा गर्भधान नभएको समयमा डिम्बहरू योनिबाट बाहिर निस्कन्छन् । यो बेला हर्मोनहरूको नियन्त्रणबाट टुक्रिएका टुक्राहरु यौनीमार्ग हुँदै रगत बनेर बाहिर निस्किन्छन् । महिनावारी भएको अवस्थामा करिब ९० प्रतिशत महिलामा पीडा हुने गरेको तथ्य बाहिरीएको छ ।

यो सयमा उनीहरूले आराम गर्नुपर्ने कुरा चिकित्सा शास्त्रले भन्छ भने विभिन्न संक्रमणको खतराको कारण सरसफाईमा विशेष ध्यान दिनुपर्ने, शारीरिक कार्यहरु कम गर्नुपर्ने आराम गर्नुपर्ने चिकित्सककोसल्लाह हुन्छ । महिनावारीको अवधि महिलाका लागि कठिन समय हुन्छ । शरीरबाट विषाक्त पदार्थ निस्किएका कारण शरीरमा केही भिटामिन र मिनरल्सको कमी हुन्छ । यसले गर्दा शरीरमा कमजोरी, रिंगटा लाग्ने, पेट र कम्मर दुख्ने आदि समस्या देखिन सक्छ ।

महिनावारीको समयमा सम्पर्कमा आएमा सिफिलिस, भिरिङ्गि, गोनोरिया, धातु रोग जस्ता अनेकौं यौन रोग लाग्न सक्ने भनिएको छ । महिनावारी हुँदा कम्तीमा ४ दिन सफाइमा रहनुपर्छ भन्ने वैज्ञानिक मान्यता छ । यो बेला महिला बढी तनावमा हुन्छन् । उनीहरूको अनुहारमा थकानको अनुभव हुन थाल्छ ।केही महिलामा तनाव, चिडचिडाहट आदि समस्या पनि हुन्छ । उनीहरू छिट्टै भावुक बन्छन् । उनीहरूलाई आफू मानसिकरूपमा पनि कमजोर भएको अनुभव हुन्छ । त्यसैले नराम्रा कुराले छिटो समात्न सक्छ ।

रजस्वाला धर्मले बार्नु भनेको कारण बार्ने होइन न त धर्ममा अछुत हो बार्नु भनिएको छ, यो त आफ्नै स्वास्थ्यको लागि बार्ने हो । अथार्थ आराम गर्ने हो । अझै स्पष्ट भन्नु पर्दा हिन्दू धर्मले कतै पनि रजस्वालको समयमा छाउगोठमा राख्नु, प्रदुषित ठाउँमा राख्नु भनेर कुनै ग्रन्थमा लेखिएको छैन ।

यही कुरालाई हिन्दु शास्त्रलाई गहिरिएर हेर्दा, कुनै पनि काम गलत तरिकालेगर्दा र उपयुक्त समयमा नगर्दा भविष्यमा कसैलाई दुखको सामाना गर्नुपर्ने हुनसक्छ भनिएको छ । तत्कालिन समयमा बेला रोगको बारेमा जानकारी नहुनाले त्यो समयमा गर्भ रहदा अपांग, लुलो, लंगडो सन्तान नहोस् भनेर यो नियम लागु गरेको देखिन्छ । यसकारण धर्ममा शास्त्र र नीतिमा भनिएका कुरा तत्कालिन समयका लागि गलत हुँदैनन् त्यसलाई व्याख्या गर्ने तथा अधुरो ज्ञान लिने हाम्रो पिँढी गलत छ । यसकारण रजस्वाला धर्मले बार्नु भनेको कारण बार्ने होइन न त धर्ममा अछुत हो बार्नु भनिएको छ, यो त आफ्नै स्वास्थ्यको लागि बार्ने हो । अथार्थ आराम गर्ने हो । अझै स्पष्ट भन्नु पर्दा हिन्दू धर्मले कतै पनि रजस्वालको समयमा छाउगोठमा राख्नु, प्रदुषित ठाउँमा राख्नु भनेर कुनै ग्रन्थमा लेखिएको छैन । यो केही व्यक्तिको मनगणन्ते भावना र कथीत र कुसंस्कृत व्यवहारबाट स्थापित हुन गएको छ ।

यिनै तथ्यलाई त्यस बेलाकै शैलीमा बुझेर शास्त्रले महिलालाई धर्मको बहानामा आराम गर्ने नियम बनाइदिएको अनुमान गर्न सकिन्छ ।

भागवतको कथाअनुसार महिनावारी पाप नभई महिलामा पनि पानी, जमिन र रूखजत्तिकै नराम्रो कुरालाई पनि शुद्ध गर्न सक्ने क्षमता हुन्छ भनेर बुझ्न सकिन्छ ।

पहिलो दिन चण्डाल्नी र सो दिन चण्डाल्नीकै जसरी सम्हाल्न गाह्रो हुने गरेर भित्रबाट नकारात्मक भाव निस्किने र शारीरिक पिडा दिने भनिएको छ । महिनावारीको दोस्रो दिन ब्रह्मघातिनी र सो दिन अन्य दिन भन्दा बढी नकारात्मक भावले दुःख दिन्छ । त्यसैले यो दिन अन्य दिनभन्दा विशेष सावधानी अपनाउनुपर्छ भनिएको छ । तेस्रो दिन धोविनी र सो दिनमा आफुले प्रयोग गरेका सबै सामाग्री लत्ता कपडाको सफाई गर्नु पर्ने बताइएको छ । चौथो दिन स्नानी र सो दिन स्नान गरी सफा हुनु पर्ने बताइएको छ ।

महिनावारीको समयमा महिला सामान्य नै हुन्छन् भन्न खोजिएको छैन् । केही शारीरिक र मानसिक परिर्वतन हुन्छ भन्ने वैज्ञानिक आधार धर्मशास्त्रले दिएको छ । पहिलो दिन चण्डाल्नी र सो दिन चण्डाल्नीकै जसरी सम्हाल्न गाह्रो हुने गरेर भित्रबाट नकारात्मक भाव निस्किने र शारीरिक पिडा दिने भनिएको छ । महिनावारीको दोस्रो दिन ब्रह्मघातिनी र सो दिन अन्य दिन भन्दा बढी नकारात्मक भावले दुःख दिन्छ । त्यसैले यो दिन अन्य दिनभन्दा विशेष सावधानी अपनाउनुपर्छ भनिएको छ । तेस्रो दिन धोविनी र सो दिनमा आफुले प्रयोग गरेका सबै सामाग्री लत्ता कपडाको सफाई गर्नु पर्ने बताइएको छ । चौथो दिन स्नानी र सो दिन स्नान गरी सफा हुनु पर्ने बताइएको छ ।

पुराणको एक कथा अनुसार सुमित्र नाम गरेको एक ब्राहमणको जयश्री नाम गरकी श्रीमती महिनावारीको समयमा सरसफाई नगर्ने, महिनावारीका नियमहरु पालना नगर्ने भएकोले एक जन्ममा जयश्री कुकुर र अर्को जन्मा गोरु भएर जन्मिएको बताइएको छ । सोही तथ्यको आधारमा हिन्दु महिलाहरुले श्रीपञ्चमीको दिन महिनावारीमा भएका दोषलाई हटान पूजा गर्ने चलन छ ।

धार्मिक रुपमा हेर्दा यो कुरा हिन्दु धर्मबाट मात्र प्रभावित छैन ।बौद्ध धर्ममा रजस्वाला भएकी भिक्षुनीले लगाएको लुगा धोएर फेरी लगाएमा पवित्र हुने कुरा बताइएको छ । इसाई धर्ममा महिनावारी भएको समयमा चर्चमा जान नहुने कुरा धर्मको सुरुवातमा अवलम्बन गरेको पाइन्छ भने हाल चर्च जान दिने स्वास्थ्यको दृष्टिकाणबाट विशेष ख्याल गर्नुपर्ने मान्यता छ । इस्लाम धर्ममा मुहम्मदकी पत्नी आयशाले महिनावारी भएकै कारण मक्का जान नसकेको कुरा बताइएको छ भने पुजा गर्ने नहुने मान्यता छ । शिख धर्ममा महिनावारीको समयमा सफा रहनु पर्ने बताइएको छ । यहुदी धर्ममा महिनावारीको समयमा श्रीमानसँग बस्न नहुने, सँगै खान नहुने मान्यता छ ।

धार्मिक दिृष्टिकोणबाट हेर्दा महिनावारीको समयमा महिलाको सुषुप्त अवस्थामा रहेको संस्कार बाहिर निस्कन्छ । यो बेला एकान्तमा बसेर बाहिर निस्किरहेको भावलाई तटस्थ भएर हेर्न सक्ने हो भने उनीहरू आध्यात्मिक स्तरमा निकै माथि पुग्न सक्छन् । यसरी आफ्नो भाव निकाल्नका लागि एकान्तबास सहयोगी हुन्छ ।

धार्मिक दिृष्टिकोणबाट हेर्दा महिनावारीको समयमा महिलाको सुषुप्त अवस्थामा रहेको संस्कार बाहिर निस्कन्छ । यो बेला एकान्तमा बसेर बाहिर निस्किरहेको भावलाई तटस्थ भएर हेर्न सक्ने हो भने उनीहरू आध्यात्मिक स्तरमा निकै माथि पुग्न सक्छन् । यसरी आफ्नो भाव निकाल्नका लागि एकान्तबास सहयोगी हुन्छ ।

धर्मशास्त्रले महिनावारीको समयमा विभिन्न नियमहरु बनाउनु महिलाको हितको लागि भएको देखिन्छ । यस अवस्थालाई धर्मले पाप कतै पनि मानेको छैन । यो समयमा छुनु हुदैन भन्नु सरासर गलत हो । रजस्वाला केवल सन्तान नजन्माउने समयको रुपमा अथार्थ शारीरिक सम्पर्कमा नआउने कुरामा बुझ्नु पर्दछ । यसकारण हिन्दु धर्मको कुनै पनि ग्रन्थमा छुन नहुने कुरा उल्लेख छैन । र छाउगोठमा राख्नु भनिएको छैन ।

हाल आएर केही कथित मानिसहरुले अलगै बस्ने, छाउगोठमा बस्ने, कसैलाई छुन नहुने परम्परा स्थापित गरेको छन् । प्रथा परम्परालाई अध्ययन गर्दा रोग लागेमा परिवारका सबै सदस्यले दुख भोग्नु पर्ने कारण मन नपरेको श्रीमतीलाई अलगै गोठमा राख्ने चलन चलेको देखिन्छ । यो सरासर गलत हो । यो समयमा विज्ञानले भनेको स्वास्थ्यको लागि लाभ हुने तथा मानसिक, शारीरिक रुपमा तन्दुरुष्त रहने तवर तरिका अपानाउनु पर्छ ।

(लेखक बास नेपालका कार्यक्रम अधिकृत हुन् )

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १० : २१ बजे

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया

संसद्मा जनताका विषयवस्तु उठाएर मात्रै हुँदैन, कार्यान्वयन गर्नुपर्छ : सांसद कंसाकार

काठमाडौंं । प्रतिनिधिसभामा आएको दुई वर्षभयो । यो दुई वर्षको