१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान



काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् ।

आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला तहदेखिका नेता कार्यकर्ता फकाउन र शक्ति देखाउन अघि सरिरहेका छन् ।

सभापति शेरबहादुर देउवा पार्टीका विभागमा आफु अनुकूलका नेता कार्यकर्ता तलैदेखि भरेर महाधिवेशनको माहोल बनाउँदै छन् । उनले आफूले गठन गरेका विभागहरूमा हाल आएर सदस्यहरूसमेत धमाधम मनोनीत गरिरहेका छन् ।

सभापति देउवाले आफू पक्षीयबाहेकका तल्ला तहमा प्रभाव राख्ने नेता कार्यकर्तालाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर फकाउन अनेक प्रयत्न गर्दै आइरहेका छन् । यस्तै उनले आफूइतर पक्षका नेताहरूलाई समेत आफू अनुकूलको भर्चुअल अन्तक्र्रियामा सहभागी गराउँदै महोल देखाइरहेका छन् ।

यसैगरी, सोही समूहबाट सभापतिका लागि तयारी अघि बढाएका हालका उपसभापति विमलेन्द्र निधिले समेत भेटघाट र सम्पर्क बढाएका छन् । उनले आफू संयोजक रहेको पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत भइरहेका अन्तक्र्रियामार्फत आफूलाई सक्रिय देखाइरहेका छन् । उनी संयोजक रहेको प्रतिष्ठानले आइतबार हुने भर्चुअल कार्यक्रममा पूर्वराष्टपति डा। रामवरण यादवलाई समेत सहभागी गराउँदै छ ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू पनि आफू पक्षीय तथा बाहेकका नेता कार्यकर्तालाई भर्चुअल कार्यक्रममार्फत जोडेर महाधिवेशनको माहोल बनाउन लागिपरेका छन् । सो समूहले सभापतिमा उठ्ने इच्छा देखाएदेखि उपसभापति निधिलाई समेत आफू अनुकूलको भर्चुअल कार्यक्रममा बोलाउन थालेको छ ।

सो समूहबाट महामन्त्री डा.शशांक कोइराले समेत आगामी महाधिवेशनमा सभापतिका लगि तयार रहेको सन्देश दिँदै आएका छन् ।

यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले समेत भर्चुअल कार्यक्रममार्फत नै समूहलाई सक्रिय भएको देखाउँदै आइरहेको छ । सो समूहले समेत उपसभापति निधिसहित नेताहरू डा. शेखर कोइराला, चित्रलेखा यादव, रमेश लेखक, प्रदीप गिरीलगायतलाई आफू पक्षीय भर्चुअल कार्यक्रममार्फत सहभागी गराउँदै आइरहेको छ ।

यसैगरी अर्का पूर्वमहामन्त्री प्रकाशमा सिंहले समेत सक्रियता बढाउँदै आइरहेका छन् । उनले समेत विभिन्न कार्यक्रममा आफू सभपतिका लागि तयारी गरिरहेको सन्देश दिँदै आएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : २६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान