२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । यसकासाथै मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ भने पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ रहेको छ।

हाल देशभरको मौसममा सामान्य बदली रहेको छ । प्रदेश १ र २ का केही स्थानहरूमा पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसकासाथै प्रदेश नं १ र २ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशभरको मौसममा सामान्यतया बदली रहनेछ । केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

यसकासाथै प्रदेश नं १, २ र बाग्मती प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ५८ बजे

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण