४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । यसकासाथै मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ भने पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ रहेको छ।

हाल देशभरको मौसममा सामान्य बदली रहेको छ । प्रदेश १ र २ का केही स्थानहरूमा पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसकासाथै प्रदेश नं १ र २ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशभरको मौसममा सामान्यतया बदली रहनेछ । केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

यसकासाथै प्रदेश नं १, २ र बाग्मती प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको