१ चैत्र २०८२, आइतबार | March 15, 2026

चार दिनदेखि हराएका स्वास्थ्यकर्मीको शव तिलोत्तमामा भेटियाे



बुटवल । बुटवलमा बिहिवार राती देखि बेपत्ता भएका सिनियर अहेब बिष्णु प्रसाद नेपाल मृत अवस्थामा फेला परेका छन ।

सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत नेपाल तिलोत्तमा नगरपालिका वडा नं १५ बिहुलीमा स्थानीय कुलोको छेवैमा मृत अवस्थामा फेला परेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

स्थानीयले मृत पुरुषको शव फेला पारेपछि प्रहरी बोलाईएको र उक्त शव बिष्णु नेपालकै भएको सनाखत भई सकेको उनले बताए ।

नेपाल बिहीबार राति १२ः १५ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं.को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए ।

नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरि रहेको थियो ।

स्वर्गीय नेपालका एक छोरा र एक श्रीमती रहेकी छिन् । उनका दाजु छवि नेपालको हिजो आईतवार काठमाण्डौमा निधन भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : २१ बजे

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा