१ चैत्र २०८२, आइतबार | March 16, 2026

वामदेवको राष्ट्रियसभा सदस्यता विरुद्ध सर्वोच्च अदालतमा रिट



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा नियुक्ति गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

रिट निवेदनमा गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न रोक्नु भन्ने आदेश माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति संविधान विपरित भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरेका छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभाको रिक्त एक पदमा नियुक्त गरेकी थिइन । पूर्व अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएपछि ६ महिनादेखि सो पद रिक्त रहेको थियो ।

त्रिपाठीले प्रतिनिधि सभामा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको जिकिर गरेका छन् ।

यससम्बन्धमा बुधबार पेशी तोकिने भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : १० बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन