८ बैशाख २०८१, शनिबार | April 20, 2024

क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो ।

देशभरिका पदाधिकारी भाग लिन सहज होस् भनेर बैठक चितवनमा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उक्त बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ ।

आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताए ।

क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो ।

यसअघि क्यानले क्रिकेट गतिविधि अघि बढाउन प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको थियो ।

क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई एक लाखका दरले तथा जिल्लालाई ५० हजारका दरले बजेट उपलब्ध गराएको थियो ।

सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्ला मात्र क्यानमा आबद्ध छ । कोरोनाका कारण क्रिकेट गतिविधि ठप्प नै थियो ।

अब यही परिस्थितिमा पनि कसरी गतिविधि सञ्चालन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल हुने अध्यक्ष चन्दले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ५ : ०८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल