५ श्रावण २०८३, मंगलबार | July 21, 2026

वरिष्ठ गायक बम बहादुर कार्कीले चौतारीमा बसेर पिपलको पात फरर पारेपछि….



काठमाडौं । नेपाली लोक गायनमा मौलिकता हराएको भन्दै चिन्तित बनेका वरिष्ठ लोक गायक बम बहादुर कार्कीले एक पछि अर्को मौलिक नेपाली भाकाको गीत बजारमा ल्याउन थालेका छन् । तीजका अवसरमा परम्परागत शैलीमा बामरी तीजीगीत बजारमा ल्याएका वरिष्ठ गायक कार्कीले पुरानो आफ्नै गीत ‘पिपलु पातै फरर’ गीतको नयाँ भर्सन सार्वजनिक गरेका छन् ।

कार्कीको आफ्नै एकल आवाज र शब्द तथा संगीत रहेको गीतको भिडियो उनले आफ्नै युट्यूब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गोरखा म्युजिकले बजारमा ल्याएको नयाँ भर्सनको भिडियोमा कमल भुसाल चञ्चलले अभिनय गरेका छन् । पुरानो जमनामा रेडियोबाट बज्ने उक्त गीतलाई नयाँ भर्सनमा दर्शक स्रोता माझ ल्याएको गायक कार्कीले बताए । उनले तीजको भाकाको गीत बामरी बजारमा ल्याउंदा नै हरेक महिना नयाँ मौलिक शैलीको गीत बजारमा ल्याउने घोषणा गरेका थिए । कार्कीले लोकगीतको अस्तित्व बचाउन लोक भाका र लोक संस्कृतिको जगेर्ना आवश्यक रहेको बताए ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : ५० बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान