१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

वरिष्ठ गायक बम बहादुर कार्कीले चौतारीमा बसेर पिपलको पात फरर पारेपछि….



काठमाडौं । नेपाली लोक गायनमा मौलिकता हराएको भन्दै चिन्तित बनेका वरिष्ठ लोक गायक बम बहादुर कार्कीले एक पछि अर्को मौलिक नेपाली भाकाको गीत बजारमा ल्याउन थालेका छन् । तीजका अवसरमा परम्परागत शैलीमा बामरी तीजीगीत बजारमा ल्याएका वरिष्ठ गायक कार्कीले पुरानो आफ्नै गीत ‘पिपलु पातै फरर’ गीतको नयाँ भर्सन सार्वजनिक गरेका छन् ।

कार्कीको आफ्नै एकल आवाज र शब्द तथा संगीत रहेको गीतको भिडियो उनले आफ्नै युट्यूब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गोरखा म्युजिकले बजारमा ल्याएको नयाँ भर्सनको भिडियोमा कमल भुसाल चञ्चलले अभिनय गरेका छन् । पुरानो जमनामा रेडियोबाट बज्ने उक्त गीतलाई नयाँ भर्सनमा दर्शक स्रोता माझ ल्याएको गायक कार्कीले बताए । उनले तीजको भाकाको गीत बामरी बजारमा ल्याउंदा नै हरेक महिना नयाँ मौलिक शैलीको गीत बजारमा ल्याउने घोषणा गरेका थिए । कार्कीले लोकगीतको अस्तित्व बचाउन लोक भाका र लोक संस्कृतिको जगेर्ना आवश्यक रहेको बताए ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : ५० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम