१५ चैत्र २०७९, बुधबार | March 29, 2023

आईपीएल २०२० : हैदराबादलाई पराजित गर्दै बैंगलोरले विजयी सुरुवात



एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले विजयी सुरुवात गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटिएको थियो ।

हैदराबादका लागि जोनी बेयरस्टोले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै मनिस पाण्डेले ३४ तथा प्रियाम गार्गले १२ रन बनाए । कप्तान डेभिड वार्नर ६ रनमा आउट भए ।

हैदराबादका युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम डुबे र नाभदिप सैनीले २, २ विकेट लिए । डेल स्टेनको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।

डेब्यु खेलाडी पडीक्कलले बैंगलोरका लागि ५६ रनको उत्कृष्ट इनिङ्स खेले । पहिलो विकेटका लागि २० वर्षीय पडीक्कलले आरोन फिन्चसँग ९० रनको साझेदारी गरे । फिन्च २९ रनमा आउट भए ।

त्यस्तै डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहली १४ रनमा आउट हुँदा शिवम डुबेले ७ रन बनाए ।

हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १,१ विकेट लिए ।

यो जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ । हैदराबादले भने हारबाट प्रतियोगिताको सुरुवात गर्न बाध्य भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ५५ बजे

सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नेम प्लेट राख्न प्रतिबन्ध

काठमाडों । अवदेखि सरकारी अस्पतालमा दरबन्दीमा रहेका चिकित्सकहरुले निजी क्लिनिकमा

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन हुँदै, तातोपानी/झाङ्मु नाका बैशाखबाट खुल्ने

काठमाडौं । रसुवागढीरकेरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको