१८ आश्विन २०८३, आइतबार | October 4, 2026

संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको राजनीतिक चाहना वा संसद्को गणितमा मात्र सीमित हुन नहुने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै शर्माले संविधान संशोधनलाई राष्ट्रिय चिन्तन, सहकार्य र समग्र अपनत्वको विषय बनाउनुपर्नेमा जोड दिए ।

उनले संविधान संशोधन गर्दा संसद्मा रहेका दलहरूको संख्यात्मक शक्तिलाई मात्र आधार नबनाई संविधान निर्माणका क्रममा सहभागी भएका तर अहिले संसद्मा प्रतिनिधित्व नरहेका राजनीतिक दल तथा विभिन्न समुदायको भावनालाई समेत समेट्नुपर्ने बताए ।

‘संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्नु हुँदैन । संविधान संशोधनको विषय संसद्को गणितको विषय मात्रै बन्नु हुँदैन,’ उनले भने, ‘यो समग्र अपनत्व र भावनाको विषय बन्नुपर्छ ।’

शर्माले सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउँदा व्यवस्थित, परिपक्व र राष्ट्रिय सहमतिमा आधारित ढंगले अघि बढ्नुपर्ने धारणा राखे । संविधानले परिकल्पना गरेको प्रक्रियाअनुसार सरकारले संशोधनको विषय अघि बढाए त्यसमा कांग्रेसले साथ दिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

उनले संविधान संशोधनका क्रममा पछिल्लो जेनजी आन्दोलनले उठाएका मुद्दा र त्यसले अभिव्यक्त गरेको जनभावनालाई सम्बोधन गर्नुपर्ने बताए । त्यसैगरी, मधेस आन्दोलनका माग तथा विभिन्न समुदाय, समूह र भूगोलबाट उठेका आवाजलाई पनि संविधान संशोधनको प्रक्रियामा समेट्नुपर्ने उनको भनाइ थियो ।

संविधान कुनै एक दल वा राजनीतिक शक्तिको मात्रै दस्ताबेज नभई सम्पूर्ण नेपालीको साझा उपलब्धि भएकाले यसको संशोधन पनि सबैको अपनत्व र सहमतिमा हुनुपर्नेमा शर्माले जोड दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ३३ बजे

गगन थापाले देशको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय

लोकतन्त्रको रक्षाका लागि कांग्रेससँग फेरि सहकार्य गर्छौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षा र

राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट विकास रणनीति, दूरदृष्टि

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः खड्गे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय