५ श्रावण २०८३, मंगलबार | July 22, 2026

आकाशियो तरकारीको मुल्य



काडमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको खुद्रा पसलमा प्रतिकेजी ११० रुपियाँमा, ६८ देखि ९५ रुपियाँको गोलभेँडा १४० देखि १८० रुपियाँसम्म बिक्री भइरहेको छ ।

भारतले प्याज निर्यातमा रोकेको भोलिपल्टै प्याज आकाशिएसँगै सबै तरकारी महँगिएका छन् । यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता परेका छन् ।

उपभोक्ता अधिकारकर्मी भने सरकारका नियमनकारी निकायले बजार हस्तक्षेप गर्न नसक्ने र बजार व्यापारी नियन्त्रित हुँदा उपभोक्ता मारमा परेका बताउँछन् । उपभोक्ता अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमिल्सिनाले तरकारी मात्र नभई खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा लगायतको भाउमा मनपरी रहेको बताए ।

नियमनकारी निकायहरू मिडियामा समाचार आएपछि मात्र बजारको अवलोकनमा जाने र सानातिनालाई जरिवाना गर्ने र ठूलामा जाँदै नजाने परिपाटी रहेको आरोप लगाए ।

पछिल्लो पटक काठमाडौं महानगरपालिका, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वयं पनि अनुगमनमा हिँडे ।

यसबीचमा उपभोक्ता संरक्षण विभागले उपत्यकाका विभिन्न ठाउँमा तरकारीको अनुगमनका क्रममा कैफियत भेटिएका व्यापारीलाई उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना तथा कारबाही गरेर झन्डै १२ लाख बढी त राजस्व नै सङ्कलन भएको दाबी गरेको छ ।

मन्त्रीको अनुगमनको नतिजा देखियो

प्याजको भाउ बढेको हल्ला बढी सुनिन थालेपछि मन्त्री भट्ट ग्राहककै भेषमा बल्खुस्थित तरकारी बजार पुगेका थिए । उनको अनुगमनमा तीन जना प्याज व्यापारी समातिए भने उनीहरूले लुकाएको प्याज बरामद गरियो ।

मन्त्री भट्टको ठाडो आदेशपछि तीन व्यापारी र उनीहरूले लुकाएको दुई सयभन्दा बढी प्याजका बोरा काठमाडौं जिल्ला प्रशासनको नियन्त्रणमा छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्याजमा कालोबजारी गर्ने तीन जना व्यापारीलाई कालोबजार ऐनअनुसार मुद्दा चलाएको जानकारी दिएको छ ।

काठमाडौं जिल्लाका सहायक प्रमुख अधिकारी जीवनप्रसाद दुलालले प्याजमा कालोबजारी गर्ने तीन जना व्यापारीलाई नियन्त्रणमा लिई कालोबजारी ऐन २०३२ अनुसार मुद्दा चलाइएको जानकारी दिए ।

उक्त ऐनअनुसार निज व्यापारीलाई बढीमा २४ दिन थुनामा राख्नसक्ने वा प्रमुख जिल्ला अधिकारीको तजबिजका आधारमा अधिकतम चाररपाँच लाख धरौटीमा थुनामुक्त गर्नसक्ने व्यवस्था छ । उक्त समापचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : ०१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं