१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

यती एयरले अन्तर्राष्ट्रिय क्षेत्रीय उडानको अनुमति लिँदै



काठमाडौं । यती एयरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रीय उडानका लागि मन्त्रालयसँग अनुमति मागेको छ ।

यती एयरले भारतीय बजारमा उडान भर्ने योजनासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालका अनुसार ०५५ देखि यात्रुलाई सेवा दिँदै आएको यती एयरलाइन्ससँग हाल ७२ सिट क्षमताका ५ एटिआर, ३० सिट क्षमताका ५ जेटस्ट्रिम र भगिनी संस्था तारा एयरसँग ४ वटा ट्वीनवटर विमान गरी १४ विमान सञ्चालनमा छन् ।

‘दुई दशक लामो आन्तरिक उडानपछि भारतका केही क्षेत्रीय बजारमा जान सक्ने गरी कम्पनीले अन्तर्राष्ट्रिय अनुमतिका लागि मन्त्रालयमा अनुमति माग गरेको छ । अबको केही समयमै अनुमति लिएर अन्तर्राष्ट्रिय उडानमा आफ्नो उपस्थिति जनाउने योजना छ’, उनले भने ।

यती एयरले हाल पोखरा, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान तथा तारा एयरले लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरालगायतमा सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।

यती एयरलाइन्सले नेपालगञ्ज र पोखरामा समेत स्थायी विमान राखी नियमित तथा चार्टर उडानमार्फत दुर्गम क्षेत्रको विकासमा योगदान दिँदै आएको सिईओ रिमालको दाबी छ । यसैबीच कम्पनीले आफ्नो २२ औं स्थापना दिवस अवसरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न देशका विभिन्न भागका लागि प्याकेज घोषणा गरेको छ ।

पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ नारा अगाडि सारेको कम्पनीले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेजसमेत अगाडि सारेको सिईओ रिमालले जानकारी दिए । उक्त समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : ०७ बजे

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला