३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

गुल्मी घटनाको काँग्रेस संसदीय दलद्वारा भत्र्सना



काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको जनाउँदै सो घटनाको भत्सर्ना गरेको छ ।

दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत कोरोना भाइरस सङ्क्रमणको संवेदनशीललाई मध्यनजर गर्दै सतर्कताका साथ जिप्रका पुगेका जिल्ला पार्टी सभापति लगायत नेताकार्यकर्ताहरुलाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको आरोप लगाएका छन् ।

‘प्रहरी प्रशासनको दमनमा परी काँग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के।सी। लगायतका साथीहरु घाइते हुनु भएको छ ।

जिल्ला नेतृत्व माथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको काँग्रेस संसदीय दल विरोध गर्दछ । उक्त घटनामा घाइते हुनु भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

गुल्मी घटनाको छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै उनले ज्ञापन पत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न प्रधानमन्त्री र गृहमन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् । रासस

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १ : ०६ बजे

एयर इन्डियाको विमानमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि

संसद् आजैदेखि खुल्छ : गगन थापा

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख