२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

आजको मौसम : देशभर सामान्यदेखि पुर्णतया बदली, धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापिय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दैछ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : ०१ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज