२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ३ का वडाअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ३ निवासी ३९ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार मृतक वडा नं. ३ का वडा अध्यक्ष रहेको अस्पताल जारी गरेको प्रेस नोटमा जनाइएको छ ।

गत भदौ २९ गते भेरी अस्पतालमा भर्ना भएका ती पुरुषको कोरोना परीक्षण गर्दा ३० गते पोजेटिभ देखिएको थियो । तर, २८ गते उनको पीसीआर जाँचको लागि स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । त्यसपछि, घरमै रहेका उनी स्वास्थ्यमा समस्या बढेपछि २९ गते भेरी अस्पतालमा भर्ना हुन आएको अस्पतालको प्रेस नोटमा जनाइएको छ ।

ती पुरुषलाई कोरोना संक्रमण पुष्टि भएसँगै रेमडेसिभिर, सीएएपी दिइएको पनि अस्पतालले जनाएको छ । तर, स्वास्थ्य अवस्थामा कुनै सुधार नआएपछि ४ गतेबाट भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै अवस्थामा आज बिहान १०ः३० बजे उनको मृत्यु भएको अस्पतालले पनि अस्पतालले जनाएको छ ।

यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारको क्रममा आई मुत्यु हुनेको संख्या ५ पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारीको समन्वयमा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहसँग शव व्यवस्थापनका लागि समन्वय भैरहेको अस्पतालले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : ५८ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज