१९ आश्विन २०८३, सोमबार | October 5, 2026

साग पदक विजेतालाई गृह गाँउ डुडुवाद्धारा नगदसहित सम्मान



नेपालगन्ज । १३ औ दक्षिण एसियाली खेलकुद सागमा रजत पदक प्राप्त गर्ने बाँके स्थित डुडुवा गाउँपालिकाका दुई जना खेलाडी र दुई जना कोचलाई बुधबार नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

२०७६ मंसिरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित सागमा डुडुुवा गाउँपालिका वडा नंं ५ का शुसिला चन्द र निर्मला घर्तिमगरले रजत पदक प्राप्त गरेको र कोच खेलाडी पदम बहादुर बुढाथोकी र मुम्ताज अलीले खेलको माध्यमले गाउँपालिकाको नाम पहिचान गराएकोमा उनीहरुलाई सम्मान गरिएको हो ।

गाउँपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरि दुबै जना खेलाडीलाई दोसल्लासहित कदर पत्र र जनही नगद रु ५० हजारका दरले सम्मान गरिएको डुडुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए । चारै जना खेलाडीलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नगदसहित सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले खेलकुदको माध्यमबाट राष्टियस्तरमा नै गरिमा बढाएको र डुडुवाको नाम समेत रोशन गरेको भन्दै खेलाडीको थप हौसला तथा उत्प्रेरणा जगाउन सम्मान गरिएको बताए । उनले भने–‘यो सम्मानले यहाका थप स्थानीय खेलाडीहरुको उत्प्रेरणा बढाउनमा मद्दत गर्दछ ।’

 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : ०९ बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय