४ पुस २०८२, शुक्रबार | December 19, 2025

आईपीएल २०२० : मुम्बाइको सहज जित



काठमाडौं । संयुक्त अरब इमिरेट्समा (युएइ) मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत मुम्बाइ इन्डियन्स विजयी भएको छ ।

बुधबार सम्पन्न खेलमा मुम्बाइले पहिलो जित निकाल्ने क्रममा कोलकात्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्यो । जितसँगै मुम्बाइले महत्वपूर्ण दुई अंक जोडेको छ ।

१ सय ९६ रनको लक्ष्य पच्छाएको कोलकात्ताले १ सय ४६ रन मात्र बनाउन सक्यो । कोलकात्ताका लागि प्याट कमिन्सले ३३, दिनेश कार्तिकले ३०, नितिश रानाले २४, इयान मोर्गानले १६, आन्द्रे रसेलले ११ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

कोलकात्ता सन् २०१३ पछि पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको हो । कोलकात्ताले २०१३ देखि २०१९ सम्म लगातार ७औं पटक पहिलो खेलमा जित हात पार्दै आएको थियो ।

मुम्बाइका जेम्स प्याटिन्सन, राहुल चाहर,जसप्रीत बुम्राह र ट्रेन्ट बोल्टले समान २(२ तथा किरोन पोलार्डले एक विकेट लिए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको मुम्बाइले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा एक सय ९५ रन बनाएको थियो ।

मुम्बाइका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८० रन जोडे । मुम्बइको स्कोर ८ रन हुँदा ओपनर क्वुइन्ट डि ककलाई व्यक्तिगत १ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि रोहित शर्मासँग ९० रनको साझेदारी गरेका सूर्यकुमार यादव ४७ रनमा आउट भए । यस्तै, सौरभ तिवारीले २१, हार्दिक पाण्ड्याले १८ तथा किरोन पोलार्डले नटआउट १३ रनको पारी खेले ।

कोलकात्ताका शिभंम मावीले २ तथा सुनिल नारायन र आन्द्रे रसेलले एक(एक विकेट लिए ।

कोलकात्ता माथिको जितसँगै दुई खेलबाट दुई अंकसहित रनरेटको आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, राजस्थान दोस्रो, बेङ्गलोर तेस्रो, दिल्ली चौथो र चेन्नाइ पाँचौं स्थानमा रहेका छन् ।

आइपिएल अन्तर्गत बिहीबार किङ्स इलावेन पञ्जाव र रोयल च्यालेञ्जर्स बेङ्गलोरबीच दुबाइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा ७ः४५ बजे हुनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ६ : ४३ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म