१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

आईपीएल २०२० : मुम्बाइको सहज जित



काठमाडौं । संयुक्त अरब इमिरेट्समा (युएइ) मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत मुम्बाइ इन्डियन्स विजयी भएको छ ।

बुधबार सम्पन्न खेलमा मुम्बाइले पहिलो जित निकाल्ने क्रममा कोलकात्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्यो । जितसँगै मुम्बाइले महत्वपूर्ण दुई अंक जोडेको छ ।

१ सय ९६ रनको लक्ष्य पच्छाएको कोलकात्ताले १ सय ४६ रन मात्र बनाउन सक्यो । कोलकात्ताका लागि प्याट कमिन्सले ३३, दिनेश कार्तिकले ३०, नितिश रानाले २४, इयान मोर्गानले १६, आन्द्रे रसेलले ११ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

कोलकात्ता सन् २०१३ पछि पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको हो । कोलकात्ताले २०१३ देखि २०१९ सम्म लगातार ७औं पटक पहिलो खेलमा जित हात पार्दै आएको थियो ।

मुम्बाइका जेम्स प्याटिन्सन, राहुल चाहर,जसप्रीत बुम्राह र ट्रेन्ट बोल्टले समान २(२ तथा किरोन पोलार्डले एक विकेट लिए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको मुम्बाइले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा एक सय ९५ रन बनाएको थियो ।

मुम्बाइका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८० रन जोडे । मुम्बइको स्कोर ८ रन हुँदा ओपनर क्वुइन्ट डि ककलाई व्यक्तिगत १ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि रोहित शर्मासँग ९० रनको साझेदारी गरेका सूर्यकुमार यादव ४७ रनमा आउट भए । यस्तै, सौरभ तिवारीले २१, हार्दिक पाण्ड्याले १८ तथा किरोन पोलार्डले नटआउट १३ रनको पारी खेले ।

कोलकात्ताका शिभंम मावीले २ तथा सुनिल नारायन र आन्द्रे रसेलले एक(एक विकेट लिए ।

कोलकात्ता माथिको जितसँगै दुई खेलबाट दुई अंकसहित रनरेटको आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, राजस्थान दोस्रो, बेङ्गलोर तेस्रो, दिल्ली चौथो र चेन्नाइ पाँचौं स्थानमा रहेका छन् ।

आइपिएल अन्तर्गत बिहीबार किङ्स इलावेन पञ्जाव र रोयल च्यालेञ्जर्स बेङ्गलोरबीच दुबाइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा ७ः४५ बजे हुनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ६ : ४३ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका