२० मंसिर २०८२, शनिबार | December 6, 2025

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध



चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

सोहि स्थानमा बुधबार दिउँसो ४:३० बजे पहिरो खसेको थियो । पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो ।

यता पृथ्वी राजमार्गको नारायणगढ-नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ ।

साँझ पहिरो खसेसँगै अवरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो । केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । रासस

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ७ : ०५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति