५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुधबारबाट रसुवागढी नाका सञ्चालनमा



काठमाडौं । तीन सातादेखि बन्द रहेको रसुवागढी नाका बुधवारबाट सुचारु भएको छ । चिनियाँ पक्षले बिहीवारदेखि नियमित सामान पठाउन थालेपछि नाका सञ्चालनमा आएको हो ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जिल्ला प्रशासन कार्यालय रसुवालाई चिनियाँ पक्षले बिहीवारदेखि दैनिक पाँचओटा कन्टेनरमा सामान पठाउने जानकारी दिएको बताए । उनका अनुसार बुधवार मात्र एउटा कन्टेनरमा स्वास्थ्य सामग्री आएको थियो ।

कोरोना महामारीका कारण माघ १५ गतेदेखि ठप्प रहेको नाका जेठ महीनाबाट सञ्चालनमा आएको थियो । तर, श्रमिकमा कोरोना संक्रमण देखिएपछि भदौको दोस्रो हप्ता यो नाका पुनः बन्द भएको थियो ।

जेठयता चीनबाट दैनिक चार कन्टेनर सामान आउने गरेको थियो । सामान आयातमा वृद्धि गर्न नेपाली पक्षले चिनियाँ पक्षलाई पटकपटक अनुरोध गर्दै आएको छ ।

भन्सार कार्यालयका अधिकारीहरूका अनुसार धेरै कन्टेनर भित्र्याउन भन्सार कार्यालयबाट पहल गरेपछि चिनियाँ पक्षले बढाउने आश्वासन दिएको छ । अहिले नाकालाई निर्बाध सञ्चालनमा ल्याउन बाटोमा पहिरो हटाउन विभिन्न ठाउँमा आठओटा डोजर राखिएको छ ।

चिनियाँ प्रतिनिधिले बुधवार रसुवागढी नाकाको अवलोकनसमेत गरेका छन् । ल्हासाबाट आएका उनीहरूले नेपालतर्फ सामान झर्ने ठाउँको अवलोकनले गरेर फर्केको भन्सार कार्यालय प्रमुख खड्काले बताए । उनका अनुसार चिनियाँ पक्षले दुई सिफ्ट गरेर कन्टेनर पास गर्ने काम अघि बढाउने बताएको छ । उक्त समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ७ : १३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं