१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

रसुवागढी र तातोपानी नाकामा चल्ने ट्रक कन्टेनरको ढुवानी भाडा वृद्धि हुँदै



रसुवा । चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा बढाइने भएको छ । सवारी इन्धनको निरन्तर मूल्यवृद्धि भएसँगै नेपाल ट्रक कन्टेनर ढुवानी सेवाले चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा वृद्धि गर्ने भएको हो ।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले रसुवा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई २५ जेठदेखि लागू हुने गरी रसुवागढी र तातोपानी नाकामा सञ्चालन हुने ट्रक-कन्टेनरको ढुवानी भाडा समायोजन गरिएको पत्र पठाएका छन् ।

समायोजन गरिएको ढुवानी मूल्यअनुसार टिमुरेदेखि काठमाडौंसम्म रेडिमेडको एक लाख ५ हजार र स्याउको ८५ हजार भाडा निर्धारण गरिएको छ । त्यसैगरी तातोपानी नाकादेखि काठमाडौंसम्म रेडिमेडको ५० हजार र स्याउको ४५ हजार भाडा निर्धारण गरिएको छ ।

समायोजन गरिएको मूल्य अनिवार्य कार्यान्वयनका लागि पहल गर्न पत्रमार्फत सापकोटाले अनुरोध गरेका छन् ।

यात्रुलाई मात्र मध्यनजर गरी भाडा समायोजन गरी लागू गरिएको तर सामान ढुवानी गर्ने ट्रक कन्टेनरहरूको इन्धन तथा मोटर पार्टस वृद्धि भएको समयमा भाडा वृद्धि नगरिएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिले जनाएको छ । ढुवानी भाडा वृद्धि नहुँदा भाडाका ट्रक कन्टेनर सडकमा सञ्चालन गर्नसक्ने अवस्था नरहेकोसमेत जनाइएको छ ।

लामो समयदेखि मोटर पार्टस तथा इन्धनको लगातार वृद्धि भइरहे पनि नेपाल सरकार तथा अन्य सम्बन्धित क्षेत्रबाट यातायात क्षेत्रमा भाडा वृद्धि नगर्दा धेरै मर्कामा परेको सापकोटाले बताए । तर व्यापारीहरूले भने गाडीधनीका लागि स्वागतयोग्य निर्णय भए पनि वैज्ञानिक र व्यावहारिक भने नभएको बताएका छन् ।

दुवै नाकाको सिमानादेखि काठमाडौंको दूरी करिब समान भए पनि अहिले समायोजन गरिएको भनिएको ढुवानी भाडा दुई गुणासम्म फरक पर्न जाने व्यापारी धर्म पौडेलले बताए । ‘दुवै नाकाको लगभग समान दूरीमा पाँच-दस हजारको फरकले खासै अन्तर राख्दैन तर यो दुई गुणा फरक देखिन्छ, यो हुनु भनेको रसुवागढी नाकाको आयात ढुवानी महँगो बनाई अन्यत्र स्थानान्तरण गराउने चेष्टा हो,’ उनले भने, ‘तातोपानीदेखि काठमाडौंसम्म प्रति कन्टेनर ३२ हजार रसुवागढीदेखि काठमाडौंसम्म प्रतिकन्टेनर ८७ हजार पाँच सय रुपैयाँ थियो, अब दुई गुणा ढुवानी मूल्य बढाइँदैछ, यो वैज्ञानिक भएन ।’

तातोपानी नाका हुँदै नेपाल आयात हुने मालवस्तु ढुवानीमा केही सीमित ढुवानी कम्पनीको एकलौटी सिन्डिकेट रहेकोसमेत उनले बताए । ‘रसुवाको जस्तो आलोपालो प्रणालीअनुसार सम्पूर्ण ट्रकले मालवस्तु ढुवानी गर्न पाइँदैन, अब वृद्धि हुने भाडा प्रति ट्रक तातोपानी नाकाभन्दा रसुवामा ५७ हजार पाँच सय रुपैयाँ बढी पर्न जान्छ, अनि कसरी स्वस्थ प्रतिस्पर्धा हुन सक्छ रु’ उनले भने, ‘यति धेरै भाडाको अन्तरले गर्दा रसुवागढी नाकाको आयात अझै घट्ने छ, आयात घटेपछि गाडीहरू पालोको लागि धेरै समय लाइनमा कुरेर बस्नुपर्ने छ यसको असर सिधै ट्रक कन्टेनर व्यवसायीलाई पर्न जान्छ।’

स्वस्थ्य ढुवानी प्रतिस्पर्धा गराउने हो भने तातोपानी नाकादेखि काठमाडौं र रसुवागढीदेखि काठमाडौंसम्मको भाडादर समान, तातोपानीभन्दा केही बढी रसुवाको गरी समायोजन गराउनुपर्नेसमेत उनले बताए ।

कोरोना महामारीपछि चीनबाट नेपालतर्फ हुँदै आएको व्यापार प्रभावित भएको छ । कोरोनाको कारण देखाउँदै चीनले आफ्नै गाडीमा नेपाली भूमिमा सामान ल्याइदिने गरेको छ । चिनियाँ पक्षले रसुवागढी नाका हुँदै दैनिक आफ्नो १४ कन्टेनरमार्फत सामान नेपाल ल्याइदिने गरेको छ। सुरुका दिनमा तीन कन्टेनर सामान नेपाली भूमिमै ल्यादिइने गरेको चिनियाँ पक्षले क्रमशस् बढाउँदै लगेको हो ।

चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । चीनले कोरोनाको कारण देखाउँदै सहज रूपमा नाका सञ्चालन गरेको छैन । चीनबाट रसुवागढी नाका हुँदै नेपाल सामान सहज रूपमा आयात गर्न नसक्दा व्यापारीहरू समस्यामा परेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १२ : ४० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग