५ पुस २०८२, शनिबार | December 20, 2025

आजको मौसम : देशभर सामान्यदेखि पुर्णतया बदली, धेरैजसो स्थानमा बर्षा र केही स्थानमा बाढी र डुबानको खतरा



काठमाडौं । हाल भारतको मध्य प्रदेशको मध्य भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

यसका साथै यो न्युन चापीय क्षेत्र पश्चिम बाट उत्तर हुँदै पश्चिम तर्फ सर्दैछ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा अति भारी वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ४ः४५ बजे मापन गरिएको रेकर्ड अनुसार बुटवलको तिनाउ नदीमा बाढी आउँदा जलसतहले खतराको बिन्दु पार गरेको छ । तसर्थ तिनाउ नदी तटीय क्षेत्र र आसपास क्षेत्र तथा होचा स्थानहरुमा डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

त्यसैगरी आज विहान ४ः३० बजे मापन गरिएको रेकर्ड अनुसार नारायणी नदीमा बाढी आउँदा देबघाट बाढी मापन केन्द्रको जल सतहले सतर्कता तह पार गरेको र बढ्दो अवस्थामा रहेको छ । जल सतह खतराको तह आसपास पुग्न सक्ने सम्भावना रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्य देखि पुर्णतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा सामान्यदेखि पुर्णतया बदली रहने छ । यसकासाथै धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सबै प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक दुई स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको विभागले जनाएको छ।

पछिल्लो २४ घण्टामा सबै प्रदेशका धेरैजसो स्थानहरुमा भारी वर्षा भएको छ । यसकासाथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ७ : १८ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन