२७ श्रावण २०८३, बुधबार | August 12, 2026

आजको मौसम : देशभर सामान्यदेखि पुर्णतया बदली, धेरैजसो स्थानमा बर्षा र केही स्थानमा बाढी र डुबानको खतरा



काठमाडौं । हाल भारतको मध्य प्रदेशको मध्य भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

यसका साथै यो न्युन चापीय क्षेत्र पश्चिम बाट उत्तर हुँदै पश्चिम तर्फ सर्दैछ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा अति भारी वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ४ः४५ बजे मापन गरिएको रेकर्ड अनुसार बुटवलको तिनाउ नदीमा बाढी आउँदा जलसतहले खतराको बिन्दु पार गरेको छ । तसर्थ तिनाउ नदी तटीय क्षेत्र र आसपास क्षेत्र तथा होचा स्थानहरुमा डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

त्यसैगरी आज विहान ४ः३० बजे मापन गरिएको रेकर्ड अनुसार नारायणी नदीमा बाढी आउँदा देबघाट बाढी मापन केन्द्रको जल सतहले सतर्कता तह पार गरेको र बढ्दो अवस्थामा रहेको छ । जल सतह खतराको तह आसपास पुग्न सक्ने सम्भावना रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्य देखि पुर्णतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा सामान्यदेखि पुर्णतया बदली रहने छ । यसकासाथै धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सबै प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक दुई स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको विभागले जनाएको छ।

पछिल्लो २४ घण्टामा सबै प्रदेशका धेरैजसो स्थानहरुमा भारी वर्षा भएको छ । यसकासाथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ७ : १८ बजे

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।

कालीगण्डकी नदीको कटानले जोखिममा पुल

बागलुङ । कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र