काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट हटाउन आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिनुभएको थियो ।
सांसदहरूले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिनुभएको सीमासम्बन्धी अभिव्यक्तिबारे हालसम्म स्पष्ट जवाफ नआएको भन्दै सच्याउन आग्रह गर्नुभयो । उहाँहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति तत्काल फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन उहाँले सभामुखसमक्ष आग्रह गर्दै आउनुभएको छ ।
नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थितिका लागि सभामुखको ध्यानार्कषण गराउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद चन्देश्वर मण्डलले सुनसरी र सिरहामा भएका घटनामा गोली चलाउनुपर्ने अवस्था नरहेको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
सांसद मण्डलले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको आरोप लगाउँदै दुई तिहाइको सरकारले महँगी, कृत्रिम अभाव, सुकुमवासीको समस्या, राहदानी तथा विद्युत् शुल्कलगायत विषयमा प्रभावकारी समाधान दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले लिपुलेक तथा सीमा विवादबारे सरकारको स्पष्ट दृष्टिकोण सदनसमक्ष प्रस्तुत गर्न र समस्या समाधानका लागि ठोस मार्गचित्र ल्याउन माग गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसद्को गरिमा र सांसदहरूको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्नुभयो ।
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने बताउनुभयो ।
सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद इन्दिरा रानामगरले सांसद राईले आफ्नो अभिव्यक्तिमा प्रयोग गर्नुभएको ‘कोर्रा’ जस्तो शब्दप्रति आपत्ति जनाउँदै उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो ।


















प्रतिक्रिया