१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

समयमै साँवा तथा व्याज तिरे सहुलियत पाइने : एनआईसी एशिया



काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकमा परेको आर्थिक भारलाई कम गर्नको लागि ल्याएको योजनामा सहभागी हुन २३ दिन बाँकी रहँदा समयमै मौकाको फाइदा उठाउन सम्पूर्ण योग्य ऋणीहरूलाई आह्वान गरेको छ ।

बैंकले आज विज्ञप्ती जारी गर्दै श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाका नाघेका कर्जाको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्र्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएकोले २३ दिन बाँकी रहँदा ऋणीहरूलाई आह्वान गरेको हो ।

बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहक महानुभावहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ ।

बैंकले कर्जा लिएका ग्राहकको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ ।

यस ‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहक महानुभावहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्नेछन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  २ : १० बजे

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत