२ चैत्र २०८२, सोमबार | March 16, 2026

२४ घण्टामा १७ जनाको मृत्यु, काठमाडौं उपत्यकाका मात्रै ६ जना



काठमाडौं । देशभर कोरोना भाइरसका संक्रमित दिनदिनै बढिरहेका छन् । कोरोना संक्रमित थपिएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो मृत्यु अहिलेसम्मकै उच्च हो । जसमध्ये ५ जना महिला र १२ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमध्ये सबैभन्दा धेरै काठमाडौंकै रहेका छन् । काठमाडौंमा १ महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । यसपछि धनुषामा २ जना पुरुषको मृत्यु भएको छ । मोरङ, सुनसरी, भक्तपुर र धादिङमा १/१ जना महिलाको मृत्यु भएको छ ।

यस्तै, झापा, भक्तपुर, रौतहट, तनहुँ, कपिलवस्तु र नवलपरासीका एक एक जना पुरुषको पनि मृत्यु भएको मन्त्रलयले जारी गरेको अपडेटमा जनाइएको हो ।

यससँगै हालसम्म देशभर मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ४ : ४२ बजे

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल विवाद : उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल