४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रविधिमा अघि बढ्दै सनराइज बैंक,डिजिटल टेलर सेवाको सुरुवात,क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने



काठमाडौं । सनराइज बैंकले डिजिटल टेलर सेवाको सुरुवात गरेको छ ।

बैंकले काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउन डिजिटल टेलर सेवाको सुरुवात गरेको हो । जस मार्फत चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्न सकिने बैंकले जनाएको छ।

यस सेवाको सुरुवात सँगै  बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।

यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैयाँ र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् ।

पेपरलेस बैंकिङ्ग तर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास रहको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको