२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ



बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई पूर्वआप्रवासीहरुले बलियो साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार उम्मेदवार पौडेलसंग बुटवलमा भएको भेटमा देशको विकास र समृद्धिको लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको र त्यसका लागि पनि काँग्रेस उम्मेदवारलाई जिताउनु पर्ने आवश्यकतामा जोड दिएका हुन् ।

उद्योगपतीलाई साथ दिँदा यस क्षेत्रको औद्योगिक विकासको समेत ढोका खुल्ने विश्वास व्यक्त गर्दै पूर्वआप्रवासीहरुले आफूहरुको साथ रहने प्रतिवद्धता व्यक्त गरेका हुन् । नेपाली काँग्रेस पूर्वआप्रवासी समन्वय विभाग, रुपन्देहीले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पौडेलसंग भेटघाट कार्यक्रम आयोजना गरेको थियो । पूर्वआप्रवासीहरूको योगदान र एकताले काँग्रेसको लोकतान्त्रिक आन्दोलन अझ सशक्त बनेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा बोल्दै रुपन्देही २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्नप्रसाद पौडेलले समुन्नत नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न नेपाली काँग्रेसको जित अपरिहार्य रहेको स्पष्ट पारे । काँग्रेसका प्रतिनिधिहरू विजयी भए मात्र लोकतान्त्रिक मूल्य, स्थायित्व र विकासको बाटो खुल्ने उनको भनाइ थियो । ‘आम नेपाली जनतामा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा प्रधानमन्त्री भएको देख्ने चाहना छ, त्यसका लागि काँग्रेस उम्मद्वारलाई जिताउन आवश्यक छ ।’ उनले भने, –‘गगन थापाको नेतृत्वमा बन्ने सरकारले देशको मुहार बदल्न सक्छ भन्ने हाम्रो पनि विश्वास हो ।’ देशमा बढ्दो युवा पलायन गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै पौडेलले स्वदेशमै रोजगारी सिर्जना गर्ने, विकासका गतिविधिलाई थप गति दिने र अर्थतन्त्र चलायमान बनाउने आफ्नो प्राथमिकतामा रहेको बताए । काँग्रेसमा नयाँ ऊर्जाका साथ युवापुस्ताको प्रवेश भएको उल्लेख गर्दै उनले त्यसलाई संस्थागत गर्न मतदाताको सहयोग आवश्यक रहेको धारणा राखे ।

पूर्वआप्रवासीहरूको अनुभव, सीप र योगदान राष्ट्र निर्माणका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले उनीहरूको साथ र सहयोग निरन्तर आवश्यक रहने बताए । साथै, जनताको सुख-दुःखमा सधैं साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देही २ का सभापति तथा निर्वाचन परिचालन मुल समितिका संयोजक प्रजापाल गिरीले काँग्रेसले अगाडी सारेका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल इमान, प्रतिष्ठा र समाजप्रतिको निष्ठा कायम राख्दै यस क्षेत्रको औद्योगिक विकासमा योगदान गर्नुको साथै निरन्तर समाजसेवामा रहेको उल्लेख गरे । ‘उहामा सरल स्वभाव छ, नैतिकवान र विकासप्रेमी नेता हुनुहुन्छ । उहाँले समाजका हरेक वर्गका समस्या बुझेर समाधानको दिशामा काम गर्दै आउनुभएको छ’ गिरीले भने ।

कार्यक्रममा पूर्व आप्रवासी समन्वय विभागको ऐतिहासिक योगदानको समेत चर्चा गरिएको थियो । नेपाली काँग्रेस पूर्वआप्रवासी समन्वय विभाग, रुपन्देहीका अध्यक्ष लालमणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभागका केन्द्रीय सदस्य यदुनाथ पाण्डे, प्रदेश अध्यक्ष माधव भुसाल लगायतले भनाई काँग्रेस उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललाई आफूहरुको बलियो साथ रहने बताउँदै उनले जित्ने माहौल निर्माणमा समेत भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ४८ बजे

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त