८ बैशाख २०८१, शनिबार | April 20, 2024

बाँकेको ‘हराएको दशगाँउ’मा सशस्त्र प्रहरीको वीओपी राख्ने तयारी, जनप्रतिनिधि र सुरक्षा अधिकारी स्थलगत निरीक्षणमा



बाँके । झण्डै १० वर्ष अगाडि पत्ता लागेको बाँकेको हराएको दश गाँउमा सशस्त्र प्रहरीको वीओपी स्थापना गरिने भएको छ ।

वर्षौदेखि नेपाली नक्साभित्र रहेर पनि नेपालले पत्तो नपाएको दश गाँउ मध्येको मध्य गाँउ गुर्दनगौडीमा वीओपी स्थापना गर्न लागिएको हो ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने गुर्दनगौडीमा वीओपी स्थापनाका लागि बिहीबार स्थानीय जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुले स्थलगत निरीक्षण गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, सम्शेरगन्ज स्थित सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक प्रकाशकुमार सुवेदी, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, जनप्रतिनिधि, समाजसेवी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर बुधबार स्थलगत निरीक्षण गरेको थियोे ।

झण्डै ३ दशकदेखि नेपाली नक्साभित्र दशवटा गाँउ र २५ सय बढी परिवारको बसोबास रहेपनि १० वर्ष पहिलेसम्म नेपाल सरकार उनीहरुका बारेमा बेखबर रहेको थियो । त्यस गाँउका स्थानीयवासी कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत तत्कालिन बैजापुर गाँउ विकास समितिमा काम गर्न पुग्दा उनीहरुसँग नागरिकता नभएको पत्ता लागेपछि त्यस गाँउका विषयमा खोज सुरु भएको थियो ।

तत्कालिन अवस्थामा एबीसी टेलिभिजनले नेपाली प्रशासनले पत्तो नपाएको दश गाँउ र त्यहाँका २५ सय बढी परिवारको भिडियो समाचार प्रशारण गरेपछि सरकारले त्यस गाँउका विषयमा चासो देखाएको थियो ।

१० वर्ष पहिलासम्म नागरिकता, पहिचान र राज्यको स्वामित्व बाहिर रहेका उनीहरुले भारतीय बजारबाट किनमेल, औषधी उपचार गराउँदै आएका थिए । भारतीय बिहिफे बजारमा आश्रित उनीहरुको सबै जीवनयापन भारतबाटै निर्वाह हुने गरेको थियो ।

स्थलगत निरीक्षण गर्न पुगेका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसमक्ष स्थानीय बासिन्दाले आफुहरु राज्यका हरेक सेवा, सुविधाबाट बञ्चित हुनुपरेको दुखेसो पोखेका छन् ।

सुर्योदय प्राथमिक बिद्यालय ब्यवस्थापन समिति गुर्दनगौडीका अध्यक्ष तिलक घर्ती लगायत स्थानीय बासिन्दाले आवत जावतका लागि भरपर्दो बाटो, टेलिफोन, खानेपानी, शान्ति सुरक्षा, कृषि तथा पशु सेवा अति आवश्यक रहेको बताए ।

अधिकांश स्थानीयले बाटो, सञ्चार, खानेपानी, शान्ति सुरक्षाको असुविधा रहेको बताएका छन् ।

स्थानीय बासिन्दाले राखेका गुनासोलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाले त्यस क्षेत्रको विकासका
लागि हरेक वर्ष प्राथमिकतामा पारेको बताए। गाउँपालिकाले शिक्षा, स्वास्थ्य र बाटो मर्मतका लागि हरेक वर्ष प्राथमिकतामा राख्दै आएको अध्यक्ष थारुले जिकिर गरे ।

यस्तै सशस्त्र प्रहरी बल सम्शेरगन्ज बाँकेका सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले नेपाल–भारत सिमानाका अन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा वीओपी राख्ने सरकारको नीति अनुरुप यसवर्ष राप्तीसोनारी गाउँपालिकाको गुर्दनगौडी र बानवा नाकामा स्थापना गर्ने योजना रहेको जानकारी दिए । त्यस क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती भएमा सिमा स्तम्भको सुरक्षाका साथै नागरिकको पनि सुरक्षा गरिने उनले बताए ।

दश गाँउ पत्ता लगाउने टोलीका अभियन्ता समाजसेवी हरिभक्त ओलीले गाँउको पूर्वाधार विकासका लागि स्थानीयतहले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यस क्षेत्रमा खयरभट्टी, गुर्दनगौडी, महेशपुर, बासखोली, झुरुवा लगायत दश गाउँ रहेका छन् । त्यहाँको पछिल्लो तथ्यांक अनुसार १ सय ७० घरधुरी बसोबास गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : ३५ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु