१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सीमामा बस्ने नागरिकले देशको सीमा सुरक्षा मजबुतीले गर्छन् : गृहमन्त्री थापा



दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाटै प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् ।

खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले सीमाको रक्षा सरकारले मात्र गर्न नसक्ने जिकिर गर्दै थापाले सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्ने बताए ।

सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्ने गृहमन्त्रीको भनाइ छ ।

दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्री थापाले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताए।

थापाले यस क्षेत्र पर्यटनको ठूलो सम्भावनासमेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

यो पनि पढ्नुहोस : गृहमन्त्री थापा पुगे दार्चुलाको छाङरु, बाह्रैमास सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरीको तयारी

गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने प्रतिवद्धता जनाए।

“व्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याइन्छ”, उनले भने, “कर्मचारीलाई स्थायी रुपमा राख्ने गरी पठाइन्छ ।”

गृहमन्त्री थापासँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत सहभागी थिए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ३ : २२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान