१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कोरोनाले रोकिएका विदेशी प्राविधिक आउन थाले



काठमाडौं । निर्माणाधीन ठूला पूर्वाधार आयोजनाहरूका लागि आवश्यक पर्ने विदेशी प्राविधिक तथा अन्य कर्मचारी नेपाल आउन थालेका छन् ।

सरकारले असोज १ गतेदेखि निर्माणाधीन आयोजनाका लागि आवश्यक विदेशी जनशक्ति ल्याउन औपचारिक रूपमै खुला गरेसँगै कोरोनाका कारण विदेशमै रोकिएका उनीहरू काममा फर्किन थालेका हुन् ।

राष्ट्रिय गौरवका आयोजनाहरू काठमाडौं तराई द्रुतमार्ग, गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलदेखि सुरुङमार्ग निर्माणका लागि विदेशी जनशक्ति नेपाल आउने क्रम शुरू भएको हो । अन्य आयोजनाका विदेशी कम्पनी तथा परामर्शदाताहरूले पनि आफ्ना कर्मचारीहरू ल्याउन थालेका छन् ।

सरकारको निर्णयपछि नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको दु्रतमार्गका लागि कोरियाबाट २ जना सर्वेक्षक आएका छन् । उक्त आयोजनाले कन्स्ट्रक्शन सुपरभिजन र प्रोजेक्ट डिजाइनका लागि कोरियन कम्पनी छनोट गरेपछि २ जना पहिलादेखि नै कार्यरत थिए ।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले थप जनशक्ति आएसँगै सुरुङमार्ग, पुल, सडकको रेखांकनलगायतको अध्ययनले तीव्रता लिने जानकारी दिए । उनका अनुसार परामर्शदाता कम्पनीले आवश्यकताअनुसार थप कर्मचारी ल्याउन सरकारी निर्णयले सहज बनाएको छ । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल आयोजनाले पनि ५५ जना चिनियाँ प्राविधिक तथा कर्मचारीहरू ल्याउने प्रक्रिया अघि बढाएको छ ।

आयोजना प्रमुख प्रवेश अधिकारीले हाल २५ आयोजना स्थलमा कार्यरत रहेको भन्दै धावनमार्ग (रनवे) मा बत्ती जडान गर्ने, सेन्टर एसी जडान, ट्याक्सी वे तथा टर्मिनल भवनभित्रको कामका लागि ३५ जना प्राविधिकहरू ल्याउने तयारी गरिएको बताए ।

उक्त समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : २४ बजे

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम