५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कोरोनाले रोकिएका विदेशी प्राविधिक आउन थाले



काठमाडौं । निर्माणाधीन ठूला पूर्वाधार आयोजनाहरूका लागि आवश्यक पर्ने विदेशी प्राविधिक तथा अन्य कर्मचारी नेपाल आउन थालेका छन् ।

सरकारले असोज १ गतेदेखि निर्माणाधीन आयोजनाका लागि आवश्यक विदेशी जनशक्ति ल्याउन औपचारिक रूपमै खुला गरेसँगै कोरोनाका कारण विदेशमै रोकिएका उनीहरू काममा फर्किन थालेका हुन् ।

राष्ट्रिय गौरवका आयोजनाहरू काठमाडौं तराई द्रुतमार्ग, गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलदेखि सुरुङमार्ग निर्माणका लागि विदेशी जनशक्ति नेपाल आउने क्रम शुरू भएको हो । अन्य आयोजनाका विदेशी कम्पनी तथा परामर्शदाताहरूले पनि आफ्ना कर्मचारीहरू ल्याउन थालेका छन् ।

सरकारको निर्णयपछि नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको दु्रतमार्गका लागि कोरियाबाट २ जना सर्वेक्षक आएका छन् । उक्त आयोजनाले कन्स्ट्रक्शन सुपरभिजन र प्रोजेक्ट डिजाइनका लागि कोरियन कम्पनी छनोट गरेपछि २ जना पहिलादेखि नै कार्यरत थिए ।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले थप जनशक्ति आएसँगै सुरुङमार्ग, पुल, सडकको रेखांकनलगायतको अध्ययनले तीव्रता लिने जानकारी दिए । उनका अनुसार परामर्शदाता कम्पनीले आवश्यकताअनुसार थप कर्मचारी ल्याउन सरकारी निर्णयले सहज बनाएको छ । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल आयोजनाले पनि ५५ जना चिनियाँ प्राविधिक तथा कर्मचारीहरू ल्याउने प्रक्रिया अघि बढाएको छ ।

आयोजना प्रमुख प्रवेश अधिकारीले हाल २५ आयोजना स्थलमा कार्यरत रहेको भन्दै धावनमार्ग (रनवे) मा बत्ती जडान गर्ने, सेन्टर एसी जडान, ट्याक्सी वे तथा टर्मिनल भवनभित्रको कामका लागि ३५ जना प्राविधिकहरू ल्याउने तयारी गरिएको बताए ।

उक्त समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : २४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं