२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कोरोना त्रासले मानसिक समस्या



काठमाडौं । विश्वव्यापी महामारीका रूप लिएको कोरोना भाइरस (कोभिड-१९) का कारण समाजमा मानसिक समस्या बढ्दै गएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् ।

दैनिक बढ्दो गतिमा रहेको सङ्क्रमित तथा मृतकको सङ्ख्याले धेरैलाई मानसिक समस्या बढाएको विज्ञले औँल्याएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा रवि शाक्य कोरोना सङ्क्रमण तथा त्यसको मृत्यु दरका कारण मानसिक रोगी बढेको बताउँछन् । उनले कोरोना लाग्ने डरका कारण पनि कतिपय आत्महत्या सम्मका घटना भएको बताए ।

डा शाक्य तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक हो, मानसिक रोगीमा झन् बढी समस्या आएको छ भने अन्य ठीक व्यक्तिमा पनि समस्या बढेको छ भन्छन् ।

मानसिक रोगबाट सुधार भएका व्यक्तिले कोरोना लाग्ने डरले जाँडरक्सी खाने गरेको उनि बताउँछन् । उनले युवापुस्तामा मानसिक समस्या बढी छ । रोगजारी नपाउनुका साथै छरछिमेकीले गर्ने व्यवहारले धेरै समस्या भएको छ भने ।

कोरोना त्रासले जीवन असामान्य भएमा मनोविद्सँग परामर्श लिन सकिने र आवश्यक परे केही समयका लागि औषधि खानुपर्ने मनोविश्लेषक वासु आचार्यले जानकारी दिए । आचार्य चिन्ता, तनाव भएको खण्डमा अरू व्यक्तिसँग सम्पर्कमा रहनुपर्छ जसले गर्दा नचाहिने काम गर्नबाट जोगिन्छ भन्छन् ।

उनले आफूूले विश्वास गर्ने व्यक्तिसँंग अनुभव साटासाट गर्नुपर्ने सुझाव दिँदै परिवारलाई समय दिने, आफ्नो दैनिक गतिविधिको तालिका बनाउने, व्यायाम गर्ने, पढ्ने, खाने, सुत्ने, उठ्ने लगायतका क्रियाकलाप सधैँ निश्चित समयमा गर्नुपर्ने जानकारी दिए ।

बेलायतको माइन्ड नामक मानसिक स्वास्थ्य संस्थाले यस्तो बेला मानिसलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्न, व्यायाम गर्न, राम्रो आहारविहार गर्न र पर्याप्त पानी पिइरहन सुझाव दिएको छ ।

विपत्तिको बेला देखिने लक्षण कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाइ भएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, केटाकेटीको स्वभावमा परिवर्तन आएमा, वीभत्स घटनाको यादले झस्काइरहेमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्ने सुझाव दिइएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ५८ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa