२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एनजीओद्वारा सञ्चालित अहिलेसम्मका सबै योजनाको विवरण बुझाउन समाजकल्याण परिषद्लाई निर्देशन



काठमाडौं । संसदीय समितिले स्थापना कालदेखि अहिलेसम्म गैरसरकारी संस्थामार्फत सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटको सालगत विवरण उपलब्ध गराउन समाज कल्याण परिषदलाई निर्देशन दिएको छ ।

संसदको महिला तथा सामाजिक समितिले परिषदको स्थापनाकालदेखि अहिलेसम्म विभिन्न गैरसकारी संस्थाहरुले परियोजना सञ्चलनका लागि स्वीकृत भएको रकमको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

काठमाडौ उपत्यका लगायतका स्थानमा रहेका जमिन तथा भौतिक संरचना उपभोग गर्न दिए वापत प्राप्त हुने रकम प्रचलित दररेट भन्दा न्यून रहेको, लिज वा भाडामा दिने प्रक्रिया अपारदर्शी रहेको, प्रतिस्पर्धाको अभाव रहेको, आन्तरिक कार्य सञ्चालनका लागि समेत गैर सरकारी संस्थाबाट अनुचित लाभ लिने गरेको जस्तो आरोप लाग्ने गरेको सम्बन्धमा सत्यतथ्य जानकारी गराउन पनि समितिले निर्देशन दिएको छ ।

यस्तै अहिले देशभरी ५० हजार संघ संस्थाहरु दर्तामा रहेको पाइएको मा नेपालको सन्दर्भमा यतिको संख्या आवश्यक रहे, नरहेको विषयमा स्पष्ट धारणा सार्वजनकि गर्न निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन ।

नविकरण नभएका संस्थालाई खारेज नगर्दा समाज कल्याण परिषद्को अवस्था, दुरदृष्टि र देशको आवश्यकताकाको समिक्षा गर्ने प्रवृत्ति स्पष्ट देखिएको सो विषयमा समेत स्पष्ट धारणासहित कार्य सम्पादन गर्न पनि समितिले निर्देशन दिएको छ ।

यस्तै समितिले राष्ट्रिय प्राथमिकताको आधारमा क्षेत्रगत सन्तुलन कायम हुने गरि परियोजनालाई स्वीकृति तथा व्यवस्थापन गर्न, तथा स्वीकृत परियोजनाहरुको समय सीमा सहितको स्पष्ट कार्ययोजना र कार्यान्वयन तथा परियोजनाको परिपालनामा विशेष ध्यान दिन समितिले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : ०१ बजे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग