१ पुस २०८२, मंगलबार | December 17, 2025

काठमाडौंमा कोरोनाको संक्रमण थेगिनसक्नु अवस्थामा, थपिए ८१७ संक्रमित



काठमाडौं । कोरोना भाइरसका संक्रमित देशभर बढ्दै गर्दा काठमाडौं उपत्यकामा भने थेगिनसक्नु गरी संक्रमित बढिरहेका छन् ।

सोमबार उपत्यकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । उपत्यकामा पछिल्लो २४ घण्टामा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मी, चिकित्सक, बैंकका कर्मचारीहरुमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ६४९ जना नयाँ संक्रमित थपिएका छन् । यसपछि ललितपुरमा १३२ जना संक्रमित थपिएका छन् । ललितपुरका लागि यो अहिलेसम्मकै उच्च संक्रमण हो । यसैगरी भक्तपुरमा भने ३६ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

आइतबार काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : ३९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष