२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

गाउँपालिकाको एम्बुलेन्स तोडफोड



बझाङ । मष्टा गाउँपालिकाको एम्बुलेन्स तोडफोड गरिएको छ ।

जिल्ला अस्पताल सिमखेतबाट आइतबार मष्टा ५ किनाडाकी ५३ वर्षीया झिगीदेवी कठायतलाई दमले मुटुमा असर पारेकाले अपराह्न ४ बजेतिर नेपालगञ्जतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको र बीच बाटाबाटै फर्किँदा सुनिकोटमा स्थानीयवासीले आक्रोशमा आएर राति १२ बजे एम्बुलेन्स तोडफोड गर्नाका साथै आफूलाई ज्यान मार्ने धम्कीसहित दुव्र्यवहार गरेको चालक नवराज खड्काले बताए ।

उक्त एम्बुलेन्स तोडफोड गरेको भनी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक यातायात तोडफोड तथा दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ भने मष्टा ६ घर भएका चक्र बोहोरालाई चैनपुर बजारबाट प्रहरीले गिरफ्तार गरेको छ ।

उक्त घटनामा संलग्न भनिएका अन्यको खोजी भइरहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रसिंह कार्कीले जानकारी दिए । रासस

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : ४६ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ