३ चैत्र २०८१, आइतबार | March 17, 2025

बुटवल-१२ का वडा अध्यक्षमा एमाले उम्मेदवार सवार गाडीमा तोडफोड, कांग्रेस कार्यकर्ताले तोडफोड गरेको एमालेको आरोप



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्षमा एमाले उम्मेदवारले प्रयोग गरिरहेका गाडी तोडफोड भएको छ । बुटवल १२ नयाँगाउँ चोकमा ६१८३ नम्बरको स्कुटरमा आएका तिनजनाको समुहले बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षका एमाले उम्मेदवार देवी रेग्मीले प्रयोग गरिरहेको बा २० च ६७८५ नम्बर को ईसुजुको डबल क्याप गाडी सोमबार साँझ ८ बजेतिर तोडफोड गरेको बताइएको छ ।

स्कुटरमा सवार ३ जनाको समूहले एकाएक गाडीमाथी ढुंगा प्रहार गरेर फरार भएको स्थानीयबासीले बताएकाछन् । उनिहरुको ढुंगा प्रहारबाट गाडीको अगाडीको शिशा फुटेको छ। आक्रमणपछि गाडीलाई प्रहरीले सुरक्षामा राखेको छ भने आक्रमणमा संलग्नहरु फरार रहेको प्रहरीले जनाएको छ।

प्रचारमा प्रयोग भइरहेको सो गाडी नेपाली कांग्रेसका कार्यकर्ताहरुले तोडफोड गरेको नेकपा एमालेले जनाएको छ । एमाले प्रचार विभागका प्रमुख डीआर घिमिरेले गाडीमाथको आक्रमण कांग्रेस कार्यकर्ताहरुले गरेको आरोप लगाएका छन् । उनले समाजिक सञ्जालमा हार्ने निश्चित भएपछि कांग्रेस कार्यकर्ताहरु आक्रमणमा उत्रिएको लेखेका छन् ।

ईलाका प्रहरी कार्यालय रुपन्देहीका प्रमुख नायव प्रहरी उपरिक्षक ठगबहादुर केसीले घटना घटेको जानकारी आएको र घटनास्थलमा तत्काल प्रहरी परिचालन गरि अनुसन्धान थालिएको जानकारी दिए ।

बुटवलमा कांग्रेसबाट मेयरपदका उम्मेदवार खेलराज पाण्डेले घटनाका विषयमा आफुलाई जानकारी नभएको बताए । दिनभरीको घरदैलोपछि साँझ अबेर घर पुगेको र सबैतिरको खबर बुझ्दै गरेको जनाउँदै उनले नयाँगाउको घटनाबारे आफुलाई थाहा नभएको बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : ०३ बजे

चिनियाँ कलाकारद्धारा लुम्बिनी विकास कोषमा भेटघाट

लुम्बिनी । चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

हिमवत्खण्ड सम्मेलन : विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गर्ने

बिआरआई कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि सारेको ‘बेल्ट एन्ड