७ आश्विन २०८३, बुधबार | September 23, 2026

सूर्य नेपालद्वारा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग



तनहुँ । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ ।

बाराको सिमरामा मुख्य कारखाना रहेको प्रालिको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले नगरप्रमुख किसान गुरुङलाई महिन्द्रा कम्पनीको एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् ।

भन्सार छुटमा ल्याइएको एम्बुलेन्सलाई १० लाख ५० हजार परेको कार्कीले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रका ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नगरपालिकालाई एम्बुलेन्स सहयोग गरिएको कार्कीले बताए ।

नगर क्षेत्रभित्र समयमै अस्पताल पुर्याउनुपर्ने बिरामीलाई एम्बुलेन्स अति उपयोगी हुने नगरप्रमुख गुरुङले बताउनुभयो । हाल नगरपालिकाले खैरेनीटार स्वास्थ्यचौकीमा सञ्चालनमा ल्याउन लागेको पाँच शय्याको अस्थायी कोभिड अस्पतालमा उक्त एम्बुलेन्स प्रयोग गरिने गुरुङले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा गत जेठ महिनामा सूर्य नेपालले रु १० लाख सहयोग गरेको थियो ।

सूर्य नेपालले विसं २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ । तराईमा असुरक्षा महसुस गर्दै कम्पनीले विगत छ वर्ष अगाडि तनहुँको शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो ।

एक सय ४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट वार्षिक छ अर्ब खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

सूर्य नेपालमा भारतीय कम्पनी आइटिसीको ५९ प्रतिशत लगानी छ । प्रभाकरशम्शेर राणाको सूर्य इन्टरप्राइजेजसँगै अन्य १० वटा समूहको ३९ प्रतिशत हिस्सा छ भने दुई प्रतिशत ब्रिटिस–अमेरिकन टोबाकोको शेयर छ । कम्पनीले सूर्य, शिखर, बिजुलीलगायतका चुरोट उत्पादन गर्छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई