२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रौतहटमा बाघको आक्रमणबाट दुईजना घाईते



रौतहट । रौतहटमा बाघको आक्रमणबाट दुई जना घाईते भएकाछन् ।

रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं ६ का दुई जनालाई रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गरेको हो ।

चन्द्रपुर ६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जंगल गएको र अबेरसम्म फर्केर नआएपछि भण्डारीलाई खोज्न मंगलबार साँझ ७ बजेतिर जंगल गएका गाउँलेहरुलाई बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणमा परेर चन्द्रपुर ६ का ३० बर्षका अशोक थापा र ३४ बर्षका प्रबिण श्रेष्ठ घाईते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएकाछन् ।

घाँस लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानैबाट नेपाल प्रहरीले र सशस्त्र प्रहरी परिचालन भएको डिएसपी शाहीले जानकारी दिएकाछन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ०२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती