२ चैत्र २०८२, सोमबार | March 16, 2026

वामदेव गौतमको ‘भविष्य’ संवैधानिक इजलासमा कोरिँदै



काठमाडौं । राष्ट्रपद्विारा राष्ट्रियसभामा मनोनित नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि सुनुवाई गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा गठित इजलासले गौतमको योग्यतामाथि उठेको प्रश्नबारे फैसला गर्नेछ ।

प्रतिनिधिसभामा पराजित व्यक्तिलाई राष्ट्रपतिले राष्ट्रियसभामा मनोनय गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ४ असोजमा रिट निवेदन दर्ता गराएका थिए ।

त्रिपाठीको रिटमा प्रारम्भिक सुनुवाई गर्दै अदालतले अल्पकानीन आदेश जारी गर्दै मनोनयनलाई यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो ।

यस्तै, वामदेवमाथि अधिवक्ता बद्रिराज कार्कीको पनि निवेदन परेको छ ।  अब संवैधानिक इजलासले मनोनयमाथि अन्तरिम आदेश जारी गर्ने या नगर्ने आदेश गर्नेछ ।

वरिष्ठ उपप्रधानमन्त्री बन्ने लक्ष्यसहित राष्ट्रिय सभामा पुगेका गौतमबारे अदालतमा प्रश्न उठेपछि सत्तारुढ नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषय पनि अलमलमा परेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु गौतमलाई वरिष्ठ उपप्रधानमन्त्री बनाउनुपर्ने पक्षमा रहेका छन् ।

तर, गौतमलाई ल्याउँदा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र उपप्रधानमन्त्री इश्वर पोखरेल बाहिरिनुपर्ने देखिन्छ । यसकारण, सकेसम्म ओली गौतमलाई मन्त्रिपरिषद्मा सामेल गर्न अनिच्छुक देखिएका छन् ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १२ : २५ बजे

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट