११ असार २०८३, बिहिबार | June 25, 2026

आईपीएल २०२० : राजस्थान कोलकात्तासंग ३७ रनले पराजित, कोलकात्ताको लगातार दोस्रो जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ ।

बुधबार सम्पन्न खेलमा कोलकात्ताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो ।

१ सय १७ रनको लक्ष्य पच्छाएको राजस्थानले ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको राजस्थानका आधा खेलाडी टोलीको स्कोर ४२ रन हुँदा आउट भइसकेको थियो । टोम कुरानले ५४, जोस बट्लरले २१ रन राहुल टेवाटियाले १४ रन बनाउनु बाहेक अन्य व्याट्सम्याले दोहोरो स्कोरमा रन जोड्न सकेनन् ।

कोलकात्ताका शिभम मावी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले समान २/२ तथा सुनिल नारायन, प्याट कमिन्स र कुलदीप यादवले पनि एक एक विकेट लिए ।

दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको कोलकात्ताले निर्धारित २० ओभरमा रन १ सय ७४ बनाएको थियो । कोलकात्ताका लागि सुभमन गिलले सर्बाधिक ४७ रनको पारी खेले । यस्तै, इयान मोर्गानले नटआउट ३४ रन तथा आन्द्रे रसेलले २४, नितिश रानाले २२, सुनिल नारायनले १५ रनको योगदान दिए ।

राजस्थानका जोर्फा आर्चरले २, जयदेव उनादकद, टोम कुरान र अंकित राजपूतले समान १/१ विकेट लिए ।

आईपीएल अन्तर्गत सबै टोलीले लिग चरणको तीन खेल खेलेका छन् । जसमध्ये दिल्ली, कोलकात्ता, राजस्थान र बेङ्गलोरले समान दुई/दुई खेलमा जित हासिल गरेका छन् भने पञ्जाव, मुम्बइ, हैदराबाद र चेन्नइ एक खेलमा मात्र विजयी भएका छन् ।

तीन खेल सकिँदासम्म ४ अंकसहित दिल्ली रनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ भने कोलकात्ता, राजस्थान र बेङ्गलोर क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । यस्तै, दुई अंकसहित पञ्जाव, मुम्बइ, हैदराबाद र चेन्नइ पाँचौं, छैटौं, सातौं र आठौं स्थानमा रहेका छन् ।

 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ६ : २७ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा