४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्पेनिस ला लिगा : घरेलु मैदानमा रियल मड्रिडको संघर्षपूर्ण जित



एजेन्सी । गएराति भएको स्पेनिस ला लिगा फुटबल अन्तर्गतको खेलमा रियल मड्रिडले रियल भालाडोलिडमाथि १-० को जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको लिग चरणको तेस्रो खेलमा रियलले भालाडोलिडमाथि संघर्षपूर्ण जित दर्ता गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ६५ मिनेटमा रियलका लागि विनियिस जुनियरले गोल गरेका हुन् । उनको गोल नै खेलमा निर्णायक बन्यो ।

अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका जुनियरले घरेलु मैदानमा रियलको साख जोगाएका हुन् । रियल साविक विजेता हो ।

यो जितसँगै रियल मड्रिडले सात अंक जोडेको छ । त्यसैगरी बुधबार राति भएको अर्को खेलमा भिल्लारियलले एलाभेसलाई ३–१ ले पराजित गरेको छ ।

सँगै गएरातिकै खेलमा एल्चेले एइबरलाई १-० ले हराएको छ भने एथ्लेटिको मड्रिड र हुयस्काले गोलरहित बराबरी खेलेका छन्

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ६ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको