११ असार २०८३, बिहिबार | June 25, 2026

स्पेनिस ला लिगा : घरेलु मैदानमा रियल मड्रिडको संघर्षपूर्ण जित



एजेन्सी । गएराति भएको स्पेनिस ला लिगा फुटबल अन्तर्गतको खेलमा रियल मड्रिडले रियल भालाडोलिडमाथि १-० को जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको लिग चरणको तेस्रो खेलमा रियलले भालाडोलिडमाथि संघर्षपूर्ण जित दर्ता गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ६५ मिनेटमा रियलका लागि विनियिस जुनियरले गोल गरेका हुन् । उनको गोल नै खेलमा निर्णायक बन्यो ।

अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका जुनियरले घरेलु मैदानमा रियलको साख जोगाएका हुन् । रियल साविक विजेता हो ।

यो जितसँगै रियल मड्रिडले सात अंक जोडेको छ । त्यसैगरी बुधबार राति भएको अर्को खेलमा भिल्लारियलले एलाभेसलाई ३–१ ले पराजित गरेको छ ।

सँगै गएरातिकै खेलमा एल्चेले एइबरलाई १-० ले हराएको छ भने एथ्लेटिको मड्रिड र हुयस्काले गोलरहित बराबरी खेलेका छन्

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ६ : ४७ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा