४ पुस २०८२, शुक्रबार | December 20, 2025

फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान



चितवन । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ ।

देशभर प्रकोपको रूपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरू अनुसन्धानमा खटिएका हुन । उनीहरूले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा संकलन गरिरहेका छन ।

विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । अण्डा संकलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने अनुसन्धान कार्यक्रमका अधिकारी घनश्याम भण्डारीले बताए ।

अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ। यसले पातको तल्लो भागमा अण्डा पार्छ । कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ । एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ। १५ देखि २१ दिनको जीवन अवधिमा यसले एक हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिए ।

“अण्डा सङ्कलन गरियो भने यसको संख्यामा निकै कम गर्न सकिन्छ” उनले भने “यसले क्षति कम हुनुका साथै रासायनिक विषादी प्रयोगमा न्यूनिकरण गर्न सकिन्छ ।” अण्डा संकलन आइपिएम विधि भएको उनी बताउँछन । रासस

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ७ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको