३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान



चितवन । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ ।

देशभर प्रकोपको रूपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरू अनुसन्धानमा खटिएका हुन । उनीहरूले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा संकलन गरिरहेका छन ।

विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । अण्डा संकलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने अनुसन्धान कार्यक्रमका अधिकारी घनश्याम भण्डारीले बताए ।

अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ। यसले पातको तल्लो भागमा अण्डा पार्छ । कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ । एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ। १५ देखि २१ दिनको जीवन अवधिमा यसले एक हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिए ।

“अण्डा सङ्कलन गरियो भने यसको संख्यामा निकै कम गर्न सकिन्छ” उनले भने “यसले क्षति कम हुनुका साथै रासायनिक विषादी प्रयोगमा न्यूनिकरण गर्न सकिन्छ ।” अण्डा संकलन आइपिएम विधि भएको उनी बताउँछन । रासस

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ७ : ५९ बजे

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय

रुपन्देहीमा ग्यास आयात नियमित भएपनी बजारमा किन भयो अभाव ?

सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै

आजको मौसम : हिमालका थोरै र पहाडका एक-दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू-भाग