१२ श्रावण २०८१, शनिबार | July 27, 2024

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे किसानको रकम



गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन् ।

‘अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता गरेका हुन् ।

रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को कार्यक्रमानुसार गाउँपालिकाका ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको थियो ।

 

यो पनि पढौं : ठगिए किसान; अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाउँदै

सप्लायर्स कम्पनी गिरिधारी कृषि मेशिनरी सप्लायर्सका सञ्चालक गिरिधारी चौधरीले प्रतिकिसान रु एक हजार पाँच सयका दरले कुल ५१ हजार गैरकानूनी ढङ्गबाट उठाएका थिए ।

त्यसरी उठाइएको रकमको कुनै रसिदसमेत नदिँदा स्थानीयवासीले कमिशनको आशङ्का गरी न्यायका लागि सञ्चारमाध्यमको सहयोग लिएका थिए ।

त्यसलगत्तै ठेकेदारले गाउँपालिकाको आन्तरिक राजस्व खातामा आफूले लिएको सबै रकम जम्मा गरिदिएको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाको खातामा जम्मा भएको रकम कार्यपालिका बैठक बसेर निर्णय गरी आइतबारसम्म सबै किसानलाई फिर्ता गरिने गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले जानकारी दिए । -रासस

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ३ : १७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्