२५ आश्विन २०८१, शुक्रबार | October 11, 2024

पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान



टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।

लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन् । यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा सङ्कलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले राससलाई बताए । उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन् ।

“खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी सङ्कलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा हामी सबैको जोड छ,”उनले भने । यहाँका किसान वर्षात्को दुई महिनाबाहेक अन्य समयमा तरकारीखेती गर्छन् ।

खेतीका लागि उनीहरूले सामूहिक वा व्यक्तिगत पोखरीमा जम्मा भएको पानी प्रयोग गर्ने गरेका अर्का किसान धर्मराज भट्टले बताए। किसानले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । किसानले वर्षाको पानी सङ्कलन गर्न प्रत्येक घरमा ‘स्वायल सिमेन्ट’ पोखरी बनाउने योजना रहेको उनले जानकारी दिए।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १० : ५२ बजे

मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा

प्रधानमन्त्री ओलीले भोलि (बडादसैँका दिन) सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाडौं । यसवर्षको दसैँमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका

महानवमी : विधिपूर्वक गरियो सिद्धिदात्री देवीको पूजा आराधना

काठमाडौं । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा

बाढीले क्षति पु-याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा । त्रिशूली नदीमा आएको बाढीले क्षति पु-याएको झोलुङ्गे पुल

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं । तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा