११ बैशाख २०८१, मंगलबार | April 23, 2024

प्रदेश ५ को राजधानी दाङको देउखुरीमा तोक्न प्रदेशसभामा प्रस्ताव



बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी ताक्ने बिषयमा औपचारीकरुपमा प्रदेशसभामा प्रस्ताव गरेको छ ।

सरकारका तर्फबाट प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेका छन् ।

मन्त्री केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्रलाई समेटेर स्थायी राजधानी राख्न प्रदेशसभामा प्रस्ताव गरेका छन्।

उनले प्रदेशको नाम लुम्बिनी राख्न समेत प्रस्ताव प्रस्ताव गरेका छन् ।  ‘यो प्रस्तावमाथि प्रदेश सभामा सोमबारदेखि छलफल हुनेछ,’ ।

शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा प्रदेशको नाम र राजधानीबारे सहमति भएको थियो ।

महासचिव विष्णु पौडेल समेत उपस्थित बैठकमा नेतृत्वबीच सहमति भएलगत्तै प्रदेश ५ को पार्टी कमिटीलाई पत्राचार भएको थियो । पार्टी केन्द्रको ग्रिन सिग्नल कुरेर बसेको प्रदेश ५ पार्टी, प्रदेश सरकार र प्रदेश सभा लगत्तै सक्रिय भएपछि शुक्रबार नै प्रदेशसभामा प्रस्ताव दर्ता भएको हो ।

गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गरेका थिए । पोखरेलकै आग्रहमा अध्यक्ष द्वय प्रचण्ड र ओली प्रदेश ५ को राजधानी दाङ देउखुरी तोक्न सहमत भएको बताईएको छ ।

बागमती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  २ : ३९ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम