४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंमा शनिबार पनि १ हजारबढी संक्रमित थपिए, बाहिरबाट काठमाडौं नआउन सरकारको आग्रह



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित शनिबार पनि १ हजार भन्दा बढी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकामा शनिबार ११ सय ७७ जना संक्रमित थपिएका छन् ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौंमै रहेका छन् । काठमाडौंमा १ हजार १ जना, ललितपुरमा १०९ जना र भक्तपुरमा ६७ जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए ।

गौतमले घना वस्ती भएको काठमाडौंमा संक्रमण दर उच्च रहेको भन्दै काठमाडौं बाहिरका मानिसहरुलाई सकेसम्म काठमाडौं नआउन आग्रह गरेका छन् ।  अत्याधिक भीडभाडका कारण काठमाडौं लगायतका शहरहरुमा संक्रमण बढेको उनले जिकिर गरे ।

काठमाडौं आउनै परे जनस्वास्थ्यको मापदण्डलाई अनिवार्य पालना गर्न पनि उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको