१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आईपीएल २०२० : कोलकात्तालाई १८ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

दिल्लीले कोलकात्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पार्यो ।

२ सय २९ रनको विशाल लक्ष्य पच्छाएको कोलकात्ताको सुरुवात खराब रह्यो । टोलीको स्कोर ८ रन हुँदा सुनिल नारायन व्यक्तिगत ३ रनमा आउट भए ।

१८औं ओभरमा इयान मोर्गानले कागिसो रबडाको बलमा लगातार तीन छक्का प्रहार गर्दै जित नजिक पुर्याए पनि टोलीलाई हारबाट बचाउन सकेनन् । कोलकात्ताले २० ओभरमा २ सय १० रन मात्र बनाउन सक्यो ।

नितिश रानाले ५८, मोर्गानले ४४, राहुल त्रिपाठीले ३६, शुभमन गिलले २८, आन्द्रे रसेलले १३ रन जोडे । दिल्लीका एनरिच नोर्ट्जेले ३, हर्षल पटेलले २, अमित मिश्रा, मर्कूस स्टोइनिस र कागिसो रबडाले एक-एक विकेट लिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । पारीको सुरुवात राम्रो प्रदर्शन गरेको दिल्लीले पावरप्लेमा ५७ रन जोडेको थियो ।

ओपनरद्वय शिखर धावन र पृथ्वी शाँले ५६ रनको साझेदारी गरेका थिए । धावन व्यक्तिगत २६ रनमा वरुण चक्रवर्तीको बलमा इयान मोर्गानको हातबाट क्याच आउट भए ।

दोस्रो विकेटका लागि कप्तान श्रेयास आयरसँग ७३ रनको पाट्नरसीप गरेका शाँ ६६ रनमा आउट भए । अर्धशतक प्रहार गरेका शाँले ४१ बलमा ४ छक्का र ४ चौका हिर्काएका थिए ।

यस्तै, ऋषभ पन्तले पनि श्रेयाससँग तेस्रो विकेटका लागि ७२ रनको पारी खेल्दै टोलीको स्कोर २ सय रनमा पुर्‍याएका थिए । उनी ३८ रनमा आउट भए भने कप्तान आयर ८८ रनमा नटआउट रहे ।

जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ खेलबाट ६ अंक भएपनि रनरेटका आधारमा रोयल च्यालेञ्जर्स बेङ्गलोर दोस्रो, मुम्बइ इन्डियन्स तेस्रो, सनराइजर्स हैदराबाद चौंथो र कोलकात्ता पाँचौं स्थानमा रहेका छन् । दुई अंकसहित चेन्नइ सुपर किङ्स तालिकाको पुछारमा रहेका छन् ।

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : २८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले