३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईपीएल २०२० : कोलकात्तालाई १८ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

दिल्लीले कोलकात्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पार्यो ।

२ सय २९ रनको विशाल लक्ष्य पच्छाएको कोलकात्ताको सुरुवात खराब रह्यो । टोलीको स्कोर ८ रन हुँदा सुनिल नारायन व्यक्तिगत ३ रनमा आउट भए ।

१८औं ओभरमा इयान मोर्गानले कागिसो रबडाको बलमा लगातार तीन छक्का प्रहार गर्दै जित नजिक पुर्याए पनि टोलीलाई हारबाट बचाउन सकेनन् । कोलकात्ताले २० ओभरमा २ सय १० रन मात्र बनाउन सक्यो ।

नितिश रानाले ५८, मोर्गानले ४४, राहुल त्रिपाठीले ३६, शुभमन गिलले २८, आन्द्रे रसेलले १३ रन जोडे । दिल्लीका एनरिच नोर्ट्जेले ३, हर्षल पटेलले २, अमित मिश्रा, मर्कूस स्टोइनिस र कागिसो रबडाले एक-एक विकेट लिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । पारीको सुरुवात राम्रो प्रदर्शन गरेको दिल्लीले पावरप्लेमा ५७ रन जोडेको थियो ।

ओपनरद्वय शिखर धावन र पृथ्वी शाँले ५६ रनको साझेदारी गरेका थिए । धावन व्यक्तिगत २६ रनमा वरुण चक्रवर्तीको बलमा इयान मोर्गानको हातबाट क्याच आउट भए ।

दोस्रो विकेटका लागि कप्तान श्रेयास आयरसँग ७३ रनको पाट्नरसीप गरेका शाँ ६६ रनमा आउट भए । अर्धशतक प्रहार गरेका शाँले ४१ बलमा ४ छक्का र ४ चौका हिर्काएका थिए ।

यस्तै, ऋषभ पन्तले पनि श्रेयाससँग तेस्रो विकेटका लागि ७२ रनको पारी खेल्दै टोलीको स्कोर २ सय रनमा पुर्‍याएका थिए । उनी ३८ रनमा आउट भए भने कप्तान आयर ८८ रनमा नटआउट रहे ।

जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ खेलबाट ६ अंक भएपनि रनरेटका आधारमा रोयल च्यालेञ्जर्स बेङ्गलोर दोस्रो, मुम्बइ इन्डियन्स तेस्रो, सनराइजर्स हैदराबाद चौंथो र कोलकात्ता पाँचौं स्थानमा रहेका छन् । दुई अंकसहित चेन्नइ सुपर किङ्स तालिकाको पुछारमा रहेका छन् ।

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : २८ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको