३ पुस २०८२, बिहिबार | December 18, 2025

भैँसे–भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव



हेटौंडा । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मदन भण्डारीमार्गअन्तर्गत भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव गरेको छ ।

त्रिभुवन राजपथको भैँसेबाट भीमफेदीमा निर्माण हुने प्रस्तावित सुरुङमार्गको मुखसम्मको सडकलाई मन्त्रिस्तरीय निर्णय गरेर राष्ट्रिय प्रथमिकताको योजनामा छनोट गर्न मुख्यमन्त्री कार्यालयमा प्रस्ताव पठाएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए ।

उक्त सडकखण्ड सुरुङमार्गकै एउटा खण्ड रहेको र सोहीअनुरुप सडकको विस्तार थालिसकिएको उनले बताए ।

फुयाँलले सुरुङमार्ग निर्माणको काम तत्काल शुरु गरिने जानकारी दिए । सुरुङमार्ग निर्माणका लागि विभिन्न देशका १२ वटा कम्पनीले परामर्शदाताको रूपमा काम गर्न इच्छाएर प्रस्ताव प्रस्तुत गरेको जानकारी दिँदै मन्त्री फुँयालले परामर्शदाताको छनोटलगत्तै सुरुङमार्गको निर्माणका लागि बोलपत्र आह्वान गरिने बताए ।

मन्त्री फुँयालले मदन भण्डारीमार्गअन्तर्गत मकवानपुरको भैँसेबाट भीमफेदी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ बल्खुसम्मको ६५ किलोमिटर सडक विस्तारको काम द्रुतगतिमा भइरहेको बताए । उनले सोहीमार्गअन्तर्गत ५० करोड लागतमा भैँसेबाट भीमफेदीसम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी दिए । सुरुङ निर्माणको काममा गति पैदा भएको भन्दै मन्त्री फुँयालले चालू आर्थिक वर्षको अन्त्यसम्ममा जनताले प्रत्यक्ष अनुभूत गर्ने अवस्थामा पु-याउने दाबी गरे ।

वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न सङ्घीय सरकारले समेत कार्यदल गठन गरेको छ । भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले एक महिनाभित्र प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने छ ।

पोष्टबहादुर सुरुङमार्ग निर्माणका लागि रु १८ अर्ब सात करोड खर्च हुने अनुमान गरिएको छ । तीनवटा पुलसहित दुई सुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ ।

सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनअनुसार तीन दशमलव २१ किलोमिटर लामा, १५ र सात मिटर फराकिला दुईवटा सुरुङ निर्माण गरिने छ । सरकारले सुरुङमार्गलाई निजगढ–काठमाडौं द्रुतमार्गसँग समेत जोड्ने योजना अघि सारेको छ । त्यसो गर्नसके हेटौँडा–काठमाडौंको दूरी ५२ किलोमिटरमा छोटिने बताइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ३२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका